०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपालद्धरा हङकङ ४ विकेटले पराजित : टि २० ट्रायल सिरिज

Logo
प्रकाशित आइतबार, आश्विन १९, २०७६

काठमाडौं,असोज १९
टि २० विश्वकपको छनोट खेल अघि आयोजना गरिएको ट्रायल सिरिजमा आईतबार नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।
टस हारेर सुरुमा ब्याटिङ गरेको हङ्गकङ्गले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १२५ रन बनाएको थियो । हङकङका लागी निजाकत खानले १३ बलमा २३, केडि साहले ३१ बलमा ३१, बकस बर्कतले ४७ बलमा ३७ रन बनाएका थिए ।
ब्याटिङतर्फ शुरुवातमा कमजोर प्रद्धशनी गरको नेपालले खेलको १९ औं अभरमा १२६ रनको लक्ष्य पुरा गर्दै जित हासिल गरेको थियो । पाँचौ विकेटको लागि बिनोद भन्डारी र आरिफ सेखबिच ६१ रनको साझेदारी पश्चात खेल नेपालको पोल्टामा आएको थियो । आरिफले २४ बलमा २१ रन र बिनोद भन्डारिले ४८ बलमा अबिजित ५८ रन बनाएका थिए । नेपालका लागी करण केसीले चार विकेट लिए ।
ओमनमा जारी उक्त  खेल असोज १८ देखि २३ सम्म चल्नेछ । खेलमा ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्डको सहभागीता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]