२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

नेपालको दस्रो जित : टि २० ट्रायल सिरिज

नेदरल्याण्ड चार विकेटले पराजित
Logo

काठमाडौं, असोज २०
टि २० विश्वकपको छनोट खेल अघि आयोजना गरिएको ट्रायल सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाइ चार विकेटले पराजित गरेको छ ।
सोमबार भएको खेलमा नेदरल्याण्डले टस हारेर पहिला ब्याटिङ गर्दै १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभर ५ बलमा १३४ रनको लक्ष्य पुरा गर्दै जित हासिल गर्यो ।
नेपालका लागि करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाउन सफल भए । त्यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाएका थिए । बिनोद भण्डारीले २६ रन जोडे ।
नेदरल्यान्डका खेलाडी म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए ।

पहिलो खेलमा आइतबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।
उक्त सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन् । नेपालले तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ ।
ओमनमा जारी उक्त खेल असोज १८ देखि २३ सम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]