०९ माघ २०८१, बुधबार
22-01-2025 , Wed
Gold Silver Price (8 Magh 2081, Tuesday)
Fine Gold 1 Tola NRs. 158100
Silver 1 Tola Nrs. 1875

नेपालको दस्रो जित : टि २० ट्रायल सिरिज

नेदरल्याण्ड चार विकेटले पराजित
Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

काठमाडौं, असोज २०
टि २० विश्वकपको छनोट खेल अघि आयोजना गरिएको ट्रायल सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाइ चार विकेटले पराजित गरेको छ ।
सोमबार भएको खेलमा नेदरल्याण्डले टस हारेर पहिला ब्याटिङ गर्दै १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभर ५ बलमा १३४ रनको लक्ष्य पुरा गर्दै जित हासिल गर्यो ।
नेपालका लागि करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाउन सफल भए । त्यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाएका थिए । बिनोद भण्डारीले २६ रन जोडे ।
नेदरल्यान्डका खेलाडी म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए ।

पहिलो खेलमा आइतबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।
उक्त सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन् । नेपालले तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ ।
ओमनमा जारी उक्त खेल असोज १८ देखि २३ सम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ पुस /  प्रतियोगिता भएको नौ महिनापछि विराट गोल्डकपले हिसाबकिताब सार्वजनिक गरिएको छ । विराटनगरको प्रतिष्ठा एवं इज्जतसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता लगातार घाटामा गइरहेको हो । लगातार दुईवटा प्रतियोगिता नोक्सानमा गएको हो । गोल्डकपको सातौं र आठौं संस्करणले ठूलो नोक्सानी बेहोर्नु परेको छ । विराटनगरमा ९ महिनाअघि सम्पन्न भएको ऐतिहासिक विराट गोल्डकपको आठौं […]

नेपालको युवा महिला क्रिकेट टोलीले शुक्रबार महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत महत्त्वपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा आयोजित यस प्रतियोगितामा नेपालको प्रदर्शन उत्साहजनक रहेको छ। नेपालले समूह चरणमा पाकिस्तानविरुद्ध ६ विकेटको शानदार जित हासिल गर्नुका साथै भारतसँग बराबरी खेल्दै सुपर चारमा स्थान बनाउन सफल भयो। बिहीबार श्रीलंकासँग पनि अंक बाँडेपछि नेपाल चार अंकसहित तालिकाको […]

विराटनगर, म‌सिर २७ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । एनपीएल इतिहासकै पहिलो सुपर ओभरमा पोखराले विजयी सुरुवात गरेको हो । निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले रेइफरको विस्फोटक ब्याटिङमा […]