०५ माघ २०८२, आइतबार
18-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बिप्लपका कार्यकर्ताले वडाअध्यक्षलाई दले कालोमोसो

जनप्रतिनिधि भएर जनताको काम नगरेको : विज्ञप्ति
Logo

दिनेश खड्का
पुष १२,रुकुम
सरकारबाट प्रतिबन्दित दल नेकपाका कार्यकर्ताले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन् । चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले कालोमोसो दलेका हुन् ।
शनिबार बिहान उनलाई कालोमोसो दलेको प्रहरीले जानकारी दिएको छ । जनप्रतिनिधि भएर जनताको काम नगरेको भन्दै कालोमोसो दलेको विप्लवनिकट युवा संगठनले विज्ञप्ति मार्फत जिम्मा लिएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । ‘वडाध्यक्षलाई कालोमोसो दलेको जानकारी आएको छ,’ उनले भने, ‘तर घटनामा संलग्न रहेका एक जनालाई हामीले पक्राउ गरेका छौं।’
प्रहरीले पक्राउ परेकाको विवरण सार्वजनिक गरेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

काठमाडौं ,१७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको […]

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]