०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

हुँदा हुँदै वडाध्यक्ष कप पनि ….

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

विराटनगर, पुष २६
विभिन्न प्रतियोगिताको अघिपछि नाम वा पद जोडेर जनप्रतिनिधिहरु आज भोली हाईलाइटमा आउन खोजीरहेको देखिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर हुदा हुदै वडा अध्यक्षको पद जोडिएर समेत आजभोली विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुन थालेका छन् ।
त्यसरी पद जोडेर प्रतियोगिता आयोजना गराउदा जनप्रतिनिधिहरुले समेत आयोजकलाई सजिलै आर्थिक सहयोग उपलब्ध गराउने गरेको छन् । नाम जोडेपछि सजिलै पैशा झर्ने भएकाले आयोजकले पनि स्पोनसरका लागी नामका भोका जनप्रतिनिधिलाई खोजिरहेका हुन्छन् ।
मोरङ जहदा गाँउपालिका वडा नं ४मा पौष २६ गते आयोजना हुन लागेको वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्टले पनि जनप्रतिनिधिहरु नामको वास्तवमै भोका रहेछन् भन्ने पुष्टी गरेको छ । टुर्नामेन्ट आयोजकले प्रतियोगिताको नाम वडाध्यक्ष कप जुराईदिएपछि, वडा ४ का अध्यक्ष जयन्त नरत गिरीले उक्त खेलको ५० प्रतिशत खर्च वडाले वेर्होने घोषणा गरिदिएका थिए ।
जहदा गाउँपालिका वडा नं ४ मा हुन गईरहेको वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट एक उदारण मात्र हो । हुन त, यसभन्दा अघि पनि मुलुकका विभिन्न वडाहरु वडाध्यक्ष कप टाइटल दिएर प्रतियोगिता आयोजना भईसकेको छ । यसरी नाम वा पदलाई टाईटल दिएर प्रतियोगिता गराउदा जनप्रतिनिधिहरु महत्वकांशी र नामको भोको भएको समाजमा सन्देश गइरहेको छ । खेलकुद प्रतियोगिता गराउनु राम्रो कुरा हो तर राष्ट्रपति देखि वडाअध्यक्षसम्मको टाईटल दिएर कुनै पनि प्रतियोगिता गराउदा, समाजमा भने राम्रो सन्देश जादैन् ।
कसैको नाम वा पदलाई टाइटल दिनुभन्दा त्यस क्षेत्रको महत्वपुर्ण चिज वा प्रकृतिक सम्पदालाई टाइटल दिए त्यस क्षेत्रको प्रचारप्रसार समेत हुने थियो कि ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]