२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

हुँदा हुँदै वडाध्यक्ष कप पनि ….

Logo

विराटनगर, पुष २६
विभिन्न प्रतियोगिताको अघिपछि नाम वा पद जोडेर जनप्रतिनिधिहरु आज भोली हाईलाइटमा आउन खोजीरहेको देखिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर हुदा हुदै वडा अध्यक्षको पद जोडिएर समेत आजभोली विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुन थालेका छन् ।
त्यसरी पद जोडेर प्रतियोगिता आयोजना गराउदा जनप्रतिनिधिहरुले समेत आयोजकलाई सजिलै आर्थिक सहयोग उपलब्ध गराउने गरेको छन् । नाम जोडेपछि सजिलै पैशा झर्ने भएकाले आयोजकले पनि स्पोनसरका लागी नामका भोका जनप्रतिनिधिलाई खोजिरहेका हुन्छन् ।
मोरङ जहदा गाँउपालिका वडा नं ४मा पौष २६ गते आयोजना हुन लागेको वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्टले पनि जनप्रतिनिधिहरु नामको वास्तवमै भोका रहेछन् भन्ने पुष्टी गरेको छ । टुर्नामेन्ट आयोजकले प्रतियोगिताको नाम वडाध्यक्ष कप जुराईदिएपछि, वडा ४ का अध्यक्ष जयन्त नरत गिरीले उक्त खेलको ५० प्रतिशत खर्च वडाले वेर्होने घोषणा गरिदिएका थिए ।
जहदा गाउँपालिका वडा नं ४ मा हुन गईरहेको वडाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट एक उदारण मात्र हो । हुन त, यसभन्दा अघि पनि मुलुकका विभिन्न वडाहरु वडाध्यक्ष कप टाइटल दिएर प्रतियोगिता आयोजना भईसकेको छ । यसरी नाम वा पदलाई टाईटल दिएर प्रतियोगिता गराउदा जनप्रतिनिधिहरु महत्वकांशी र नामको भोको भएको समाजमा सन्देश गइरहेको छ । खेलकुद प्रतियोगिता गराउनु राम्रो कुरा हो तर राष्ट्रपति देखि वडाअध्यक्षसम्मको टाईटल दिएर कुनै पनि प्रतियोगिता गराउदा, समाजमा भने राम्रो सन्देश जादैन् ।
कसैको नाम वा पदलाई टाइटल दिनुभन्दा त्यस क्षेत्रको महत्वपुर्ण चिज वा प्रकृतिक सम्पदालाई टाइटल दिए त्यस क्षेत्रको प्रचारप्रसार समेत हुने थियो कि ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]