०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङका ३८ नेता–कार्यकर्तालाई काग्रेसले सध्यो स्पष्टिकरण

कारवाहीको सुचीमा : राष्ट्रयसभा सांसद रमेश जंग रायमाझी, प्रदेश सचेतक केदार कार्की, प्रदेश सांसद चुमनारायण तबदार पनि
Logo

विराटनगर, माघ १६
पार्टी भित्र–बाहीर गलत क्रियाकलाप गर्ने मोरङका ३८ काग्रेसीलाई नेपाली काग्रेसको केन्द्रिय समितिले कारवाही गर्ने भएको छ । निर्वाचन ताका पार्टीका उम्मेदवारलाई असहयोग गरेको, पार्टी नेतृत्वको आलोचना गरेको र विधान विपरीत गतिविधि गरेको भन्दै केन्द्रिय समतिले उनीहरुलाई स्पष्टिकरण समेत सोधेको छ । स्पष्टिकरणको चित्तबुझ्दो लिखित जवाफ नआए पार्टिले उनी माथि कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।
स्पष्टिकरण सोधिएकामा सांसद, नेता तथा कार्यकर्ता परेका छन् ।
नेपाली काग्रेसका राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझीलाई विराटनगरमा जिल्ला पार्टि कार्यलय रहदा रहदै मोरङको बाँसबारीमा आर्को सम्र्पक कार्यालय खोलेको विषयमा स्पष्टिकरण सोधिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका प्रदेश नं १ का प्रमुख सचेतक केदार कार्कीलाई पनि स्पष्टिकरण सोधिएको छ । कार्कीले एक टिभी अन्तर्वार्तामा काग्रेस सभापति शेरबहादुर देउवाले पैसा खाएर टिकट बाढ्ने गरेको आरोप लगाएका थिए ।
प्रदेशसभा सांसद चुमनारायण तबदार, पूर्व सांसद वीरेन्द्र माझी, दिलिपकुमार गच्छदार, क्षेत्रीय सभापति मोहनविक्रम कार्की, क्षेत्रीय सचिव चेतराज रेग्मी, जिल्ला सदस्य वसन्त हुमागाईं, प्रेमचन्द चौधरीलाई पनि स्पष्टिकरण सोधिएको छ । आफ्नै उम्मेदवारलाई

त्यस्तै महासमिति सदस्य महेन्द्रप्रसाद सुवेदी, नगेन्द्र जमरकट्टेल, बलबहादुर खवास, महाधिवेशन प्रतिनिधि शम्भुसिंह कार्की, डिल्लीराम रेग्मी, क्षेत्रीय प्रतिनिधि अरबिन्द शर्मालगायत ३८ जनालाई पनि चुनावको विषयमा स्पष्टिकरण सोधिएको छ ।
अन्र्तघातको विषयमा पराजित उम्मेदवारहरुले पटक पटक गुनासो गरेपछि काग्रेस केन्द्रिय समितिले उक्त कदम चालेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]