०५ माघ २०८२, आइतबार
18-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङका ३८ नेता–कार्यकर्तालाई काग्रेसले सध्यो स्पष्टिकरण

कारवाहीको सुचीमा : राष्ट्रयसभा सांसद रमेश जंग रायमाझी, प्रदेश सचेतक केदार कार्की, प्रदेश सांसद चुमनारायण तबदार पनि
Logo

विराटनगर, माघ १६
पार्टी भित्र–बाहीर गलत क्रियाकलाप गर्ने मोरङका ३८ काग्रेसीलाई नेपाली काग्रेसको केन्द्रिय समितिले कारवाही गर्ने भएको छ । निर्वाचन ताका पार्टीका उम्मेदवारलाई असहयोग गरेको, पार्टी नेतृत्वको आलोचना गरेको र विधान विपरीत गतिविधि गरेको भन्दै केन्द्रिय समतिले उनीहरुलाई स्पष्टिकरण समेत सोधेको छ । स्पष्टिकरणको चित्तबुझ्दो लिखित जवाफ नआए पार्टिले उनी माथि कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।
स्पष्टिकरण सोधिएकामा सांसद, नेता तथा कार्यकर्ता परेका छन् ।
नेपाली काग्रेसका राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझीलाई विराटनगरमा जिल्ला पार्टि कार्यलय रहदा रहदै मोरङको बाँसबारीमा आर्को सम्र्पक कार्यालय खोलेको विषयमा स्पष्टिकरण सोधिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका प्रदेश नं १ का प्रमुख सचेतक केदार कार्कीलाई पनि स्पष्टिकरण सोधिएको छ । कार्कीले एक टिभी अन्तर्वार्तामा काग्रेस सभापति शेरबहादुर देउवाले पैसा खाएर टिकट बाढ्ने गरेको आरोप लगाएका थिए ।
प्रदेशसभा सांसद चुमनारायण तबदार, पूर्व सांसद वीरेन्द्र माझी, दिलिपकुमार गच्छदार, क्षेत्रीय सभापति मोहनविक्रम कार्की, क्षेत्रीय सचिव चेतराज रेग्मी, जिल्ला सदस्य वसन्त हुमागाईं, प्रेमचन्द चौधरीलाई पनि स्पष्टिकरण सोधिएको छ । आफ्नै उम्मेदवारलाई

त्यस्तै महासमिति सदस्य महेन्द्रप्रसाद सुवेदी, नगेन्द्र जमरकट्टेल, बलबहादुर खवास, महाधिवेशन प्रतिनिधि शम्भुसिंह कार्की, डिल्लीराम रेग्मी, क्षेत्रीय प्रतिनिधि अरबिन्द शर्मालगायत ३८ जनालाई पनि चुनावको विषयमा स्पष्टिकरण सोधिएको छ ।
अन्र्तघातको विषयमा पराजित उम्मेदवारहरुले पटक पटक गुनासो गरेपछि काग्रेस केन्द्रिय समितिले उक्त कदम चालेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

काठमाडौं ,१७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको […]

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]