०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

मन्त्रीद्धारा लकडाउन उलंघन, स्थानीयवासी आश्चार्य

Logo

विराटनगर, चैत २२
संघिय सरकारले कोरानाका कारण लकडाउन गरेको समयमा प्रदेश १ का उद्योग पर्यटन राज्य मन्त्री विजय विश्वासले लकडाउन उलंघन गरेका छन् । आफना अगंरक्षक सहित ग्रामनाथ गाउँपालिका स्थित झोराहाटमा लाग्ने साप्ताहि बजारमा पुगेर किनमेल समेत गरेपछि स्थानीय वासिन्दाले मन्त्री आफैले लकडाउन उलंघन गरेकोमा आश्चार्य ब्यक्त गरेका छन ।
अहिले सिंगो देश कोरानाका कारण लकडाउनमा रहेको समान्य हेक्का समेत नगरि प्रदेश सरकारका मन्त्री आफैले मोरंगका ग्रामिण बजारमा गएर भिडभाड गरेपछि भिडभाड नियन्त्रणमा खटिएका प्रहरीको समेत मनोवल घट्न पुगेको जानकारी स्थानीय वासिन्दाले दिएका छन ।

सुलसुले डटकमबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]