१७ भाद्र २०८२, मंगलबार
02-09-2025 , Tue
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

बिराटनगरको ‘डेल्टा सेल्स एप’ उत्कृष्ट ५ मा

Logo
प्रकाशित बुधबार, साउन १५, २०७६

बिराटनगर, साउन १५
आइसिटी अवार्ड २०१९ को टप ५ मा बिराटनगरको डेल्टा सेल्स एप पर्न सफल भएको छ ।
आइसिटी अवार्ड २०१९ मा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका आइटी प्रडक्टहरुले सहभागिता जनाएका थिए । जस अन्तर्गत पहिलो चरणमा उत्कृष्ट ११ प्रडक्ट छानिएका थिए । उत्कृष्ट ११ मा विधामा डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका थिए । त्यसैगरी उत्कृष्ट ५ मा डेल्टा सेल्स एप, इन्सपेला, एमबैंक र मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस पर्न सफल भएका छन् ।

Director,Ekata Golcha

के हो डेल्टा सेल्स एप ?
२०१८ को अक्टबरमा लञ्च भएको डेल्टा सेल्स एप डेल्टा टेक प्रालिको प्रडक्ट हो । यो सफ्टवेयरमा अर्डर, पेमेन्ट कलेक्सन, एटेन्डेन्स, खर्च रिपोर्टिङ, एक्टिभिटिज, रिमाइन्डर, बिट रुट प्लानिङ र जिपिएस बेस्ड ट्राकिङ आदि विशेषता रहेको छ् । यस सफ्टवेयरमार्फत सेल्समेनले आफ्नो गतिविधि अपडेट गर्ने एन्ड्रोइड एप प्रयोग गर्दछन् र म्यानेजरले पनि एपवाटै गर्दै सजिलै रिपोर्ट प्राप्त गर्नसक्दछन् । यसको प्रयोगबाट डिस्ट्रिब्युटर, होलसेलर र रिसेलरहरुले सेल्स अर्डर सजिलै पठाउन सक्दछन् । यो एप नेपालका धेरै कन्जुमर भएका कम्पनीहरुको लागी लाभदायी हुने डेल्टा टेककि निर्देशक एकता गोल्छाले जानकारी दिइन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]