२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

प्रस्ताव अस्वीकृत भएको झोकमा : रन्किएर संसद भवनबाट बाहिरीन सासंद सरिता (भिडियाे सहित)

नेपालको नँया नक्साले पायो संवैधानिक मान्यता
Logo

काठमाडौं, जेठ ३१
समाजवादी पार्टीकी सांसद सरिता गिरीले कालापानी लिपुपलेक लगाएतका क्षेत्र समावेश गरिएको नक्सालाई संवैधानिक मान्यता नदिन भन्दै दर्ता गराएको विद्येयक सभामुखले अस्वीकृत गरेका छन् ।
संसदको शनिबारको बैठक सुरु हुनासाथ सांसद गिरीले उठेर विद्येयकवारे प्रश्न राख्न खोजेकी थिइन । तर सरित गिरीले बोल्न नपाउदै सम्पुर्ण सासंदहरुले टेबल ठोकर सासंद गिरीको प्रतिक्रार गरेका थिए । लगतै सभामुखले सासंद गिरीको संशोधनको प्रस्ताव अस्वीकृत गरेको घोषणा गरेका थिए ।
गिरीेद्धारा दर्ता गरीएको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले अस्वीकृत गरीएको सभामुखले गिरीलाई तत्कालै जनाकारी समेत गराएका थिए । उक्त नियमानुसार कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।
टेबल ठोकेर सबै सासंदहरुले गिरीको प्रतिकार गरेपश्च्यात र सभामुखले समेत उनको प्रस्ताव अस्वीकृत भएको बताएपछि गिरी रन्कीएर संसद भवनबाट बाहिरीएकी थिईन ।

सासंद सरिता गिरी बाहिरीएपछि नयाँ नक्साअनुसार निशानछापलाई संवैधानिक मान्यता दिनुपर्ने बारे दफावार छलफल भएको थियो । जसमा सबै पार्टिका शिर्ष नेताहरुले समेत भाग लिएका थिए ।
छलफलपछि भएको मतदानको बेला सदनमा २५८ सांसद उपस्थित थिए । जसमा सबै सासंदले नेपालको नयाँ नक्सालाई संवैधानिक मान्यता दिनुपर्ने पक्षमा मत दिएका थिए । त्यसलगतै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुखले घोषणा गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]