२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

Logo

काठमाडौं, श्रावण २२
सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ एवं पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको मृत्यु हृदयघातको कारण भएको खुल्न आएको छ । मंगलबार साँझ उनलाई हृदयघात भएपछि तत्कालै राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागी पु¥याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको अस्पतालको भनाई छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् ।
सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी सुष्माको त्यसपश्च्यात स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । सोही कारण यसैवर्ष भएको आम निर्वाचनमा समेत उनले उम्मेद्वारी दिएकी थिइनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वासिन्ङ्गटन, असाेज ७ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी अहिले नेपालमा भएका दुःखद घटनाहरूले सत्य साबित गरेको बताएका छन्। मंगलाबार महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै  उनले नेपालका हिमाल तीव्र गतिमा पग्लिरहेको भन्दै दिएको चेतावनीलाई त्यतिबेला कतिपयले बढाइचढाइ भनेका थिए, तर अहिलेका घटनाले जोखिम अपेक्षाभन्दा चाँडै र […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]