२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

विराट राजाको दरबारको गुरु योजना बन्ने

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

विराटनगर, फागुन ३
विराटनगर महानगरपालिकाले पुरातत्त्व विभागसँगको सहकार्यमा विराट राजाको दरबारको गुरु योजना बनाउने भएको छ ।
गुरु योजना बनाउने विषयमा आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग महानगरले बहस गरेको छ । उक्त बहसमा विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता थियो ।
विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने गुरु योजनाको मुख्य योजना रहेको महानगरपालिकाले जनाएको छ । भविष्यमा उत्खननबाट फेला पर्ने विराट राजासँग सम्बन्धित वस्तु सङ्ग्रहालयमा राखीनु पर्ने बिचारहरु समेत कार्यक्रममा सहभागीले प्रस्तुत गरेका थिए । साथ गुरु योजनामा आधुनिक सुविधासहितको पार्क, खानपानका लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्नुपर्ने डिजिटल हललगायत संरचना निर्माण गर्नुपर्ने विषय समेत बक्ताहरुले सुझाव दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]