०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सिगांपुरबाट फर्किए प्रधानमन्त्री

Logo

काठमाडौं,श्रावण २७
प्रधानमन्त्री केपी शर्मा ओली आज सिगांपुरबाट फर्किएका छन् ।
उनी १२ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि नियमित स्वास्थ्य परीक्षणका लागि श्रावण १८ गते सिगांपुरा गएका र्थि र
सेनावाट ग्रहण गरिने सलामीको जनस्थरबाट अध्याधिक आलोचना भएपछि उनले यसपटक त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सलामी ग्रहण भने गरेनन् ।
प्रधानमन्त्रीले यसपटक भ्रमणबारे पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।
प्रधानमन्त्रीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो। पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]