१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पास वितरणमा विवाद : विराट गोल्डकप २०२१

Logo

विराटनगर, चैत्र २८
विराटनगरको शहिद–रंगशालामा संचालन भईरहेको विराट गोल्ड कप प्रतियोगीताको पास वितरणमा विवाद उत्पन्न भएको छ । गोल्ड कपमा आवश्यक व्यक्तीहरुले मात्र पास पाउनु पर्नेमा खल प्रवृतिका व्यक्तीको घाटीमा झुण्डिएको भेटिएपछी पास वितरणको विषयमा विवाद चुलिएको हो ।

यस पटकको गोल्डकपमा अफिसियल पासको नाममा वितरण गरिएको पास चरम दुरुपयोग भएको पाईएपछि सो मुद्दाले विवादको रुप लिएको छ । गोल्डकपका संयोजक मनोज बिक्रम साहले आफ्नो दवदवा देखाउनकै लागी मात्र विना कामका मान्छेलाई अफिसियल पास वितरण गरेको पाईएपछि विराटनगरमा साहको आलोचना हुन थालेको छ ।

त्यस्ता अफिसियल पास भिरेका व्यक्तीहरु खुलेआम बाटोमा धुँवा उडाउदै हिडेदै गरेको , मादक पदार्थ सेवन गरेर ठुस्ठुस्ती गनाउने भएर पाराफिट दुर्गन्धित बनाएको दृश्य समेत देख्न सकिन्थ्यो । त्यस्ता जमातको आवत जावत भएको कारण त्यहाँ आउने सर्वसाधारण तथा महिलाहरुलाई पनि असुरक्षीत महशुस गराईरहेको छन् ।

स्रोतका अनुसार उक्त पासहरु स्वयम् गोल्डकपका संयोजक मनोज बिक्रम साहले नै वितरण गरेको बुझिएको छ । सन् २०११ ताका कुख्यात डनका रुपमा परिचत पर्शुराम बस्नेतको संगतमा रमाएका साहको खल साथी–सर्कल अझै हराएको छैन । सोही खल साथी–सर्कलको बिचपनि धेरै अफिसियल कार्डहरु वितरण भएको स्रोत बताउँछ ।

साहले अफिसियल बाहेक अन्य प्रयोजनको लागी दिईने पासमा समेत विभेद गरेको समेत पाईएको छ । संस्थागत रुपले सबै मिडीयाहरुलाई बराबर पास दिनुपर्नेमा उनले आफु विरुद्ध समाचार लेख्ने मिडियालाई पास नदिएको र आफ्नो वाहवाही गर्ने मिडियाहरुलाई जथाभाबी पास बाढेका छन् ।

“एक मिडिया एक पास भन्ने निती” अवलम्वन गरेर पास वितरण गर्ने भनिएकोमा उक्त निती को कार्यन्यन भएको देखिएन । गोल्डकपमा साह निकटका मिडियाहरुले धेरै पास पाए भने उनका विरुद्धमा समाचार लेख्ने मिडियाहरुलाई एउटा मात्र पास  दिइयो र कतिले एउटा पनि हात पार्न सकेनन् । साहको उक्त विवेदकारी कार्ययोजनाले मिडियाको सुचना सम्प्रेषण गर्ने अधिकार समेत हनन भएको छ ।

यसबाहक पनि साहले भिआईपी पासहरु समेत राज्यले भिआईपी सुचिकृत नगरेको व्यक्तिहरुलाई विरतण गरेको समेत पाईएको छ । संयोजक भएको आडमा साहले भिआईपीको स्थानमा उनले आफ्नो आसेपासे तथा नातागोता र उनका नजिकका ठुटे नेतालाई राख्ने गरेको समेत पाईएको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]