११ माघ २०८२, शनिबार
24-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कांग्रेस विराटनगर सभापतिमा चार जनाको दाबी

Logo

विराटनगर, असार १०
नेपाली कांग्रेस विराटनगरको नँया नतृत्वका लागी ४ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । नयाँ सभापतिको लागि दीपक चापागाई, अरुण न्यौपाने, कृष्ण कार्कि र सन्तोष न्यौपानेले दाबेदारी प्रस्तुत गरेका हुन् । साउन १६ गते नेपाली काग्रेस विराटनगरको अधिवेशन हुँदै छ ।

दीपक चापागाई शेखर कोइराला निकट छन् । उनी २०४८ सालदेखी नेपाली काग्रेसमा सक्रिय छन् । चापागाईले दोस्रो पटक सभापतिमा उम्मेद्वारी दिएका हुन् । २०३४ सालमा चापागाईका हजुरबुबा मुक्तिप्रसाद काङ्ग्रेस मोरङको सभापति बनेका थिए । उनका बुबा पनि काङ्ग्रेसको राजनीतिमै थिए ।

सन्तोष न्यौपानेलाई नेता अमृत अर्यालको समर्थन छ । अर्याल सभापति देउवा समूहमा छन् । न्यौपानेले नेपाल विद्यार्थी सङ्घ विराटनगरको दुई कार्यकाल नेतृत्व गरीसकेका छन् ।

अरुण न्यौपानेले आफूलाई साझा उम्मेद्वार रहेको बताएका छन् । तर उनी नेता कृष्णप्रसाद सिटौलासँग नजिक रहेको बुझिएको छ । न्यौपाने नेपाली काङ्ग्रेस विराटनगरको कार्यबहाक सभापतिको हुन् ।

त्यस्तै कृष्ण कार्किले समेत आफूलाई साझाँ बताउँदै आएका छन् तर उनलाई गगन थापाको समर्थन रहेको बुझिएको छ । कार्किले नेविसघंबाट राजनीति शुरु गरेका थिए । उनी नेविसघंको केन्द्रीय सहमहामन्त्री समेत भईसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]