१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

सुन्दरहरैँचामा भदौ ३ र ४ राधाकृष्ण महोत्सव हुने

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९

विराटनगर, साउन २५
निरज बस्नेत

श्री राधाकृष्ण रथयात्रा समारोह समितिले सुन्दरहरैँचामा वृहत् धार्मिक महोत्सवको आयोजना गर्दैछ । समारोह समितिका अध्यक्ष रणबहादुर श्रेष्ठका अनुसार यो धार्मिक महोत्सव यही ३ भदौदेखि ४ भदौसम्म गरेर दुईदिनसम्म चल्नेछ । जसमा विशेष प्रवचन, भजनकीर्तन, कृष्णलीला तथा लाखे नाच, विविध झाकीसहितका थप कार्यक्रम, रथयात्रा लगायत अन्य छन् ।

सनातन धर्मावलम्वी नेपालीहरुले बर्षोदेखि मनाईदैं आईरहेको श्री कृष्ण जन्माष्टमी तथा राधाकृष्ण रथयात्रा महोत्सवको आयोजना वृहत रुपमा यसपाली पनि हुदैंछ । यस मामलामा राधाकृष्ण रथयात्रा समारोह समितिका सचिव परमात्मा ओझा सहितको टीम अहोरात्र खटिरहेका छन् । अध्यक्ष श्रेष्ठको सक्रियता त छदैछ ।

भदौ ३ गते साझ ७ बजेवाट कालीखोला राधाकृष्ण मन्दिर प्राङ्गणमा विशेष प्रवचन हुनेछ । यसको साथमा भक्तजनहरुको सामिप्यतामा भजनकीर्तन लगायत अन्य धार्मिक अनुष्ठानहरु हुनेछ । ४ भदौमा विहान ९ बजेदेखि रथयात्रा सुरु भई १० बजे एकाकार हुने र सम्वोधन गरिने, पुनः रथलाई खोर्साने सम्म पुर्याईनेछ । तत्पश्चात त्यहीवाट रथलाई पूर्व फर्काई मन्दिर प्रांगणमा पुर्याईने कार्यक्रम छ । यही पश्चात् कार्यक्रम विधिवत् रुपमा समापन हुनेछ । यस भव्यसव्य वृहत् धार्मिक श्री राधाकृष्ण रथयात्रा समारोह कार्यक्रमलाई सफल बनाउन सबैको साझा र सहभागितामूलक सहयोगको अपेक्षा राधाकृष्ण समारोह समिति सुन्दरहरैचा मोरङले राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

काठमाडौँ– १३ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।