०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा भारत–पाकिस्तान महाभिडन्त

Logo

विराटनगर, भदौ १२
निरज बस्नेत

विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलभित्रको सेन्ट्रल मल्टिप्लेक्समा आज एशिया कप अन्र्तगतको भारत–पाकिस्तान बीचको महाभिडन्त हुदैछ । आज साँझ ७ः४५ बजेबाट म्याच शुरु हुनेछ ।

टि–ट्वान्टी फर्मायटको एशिया कपमा चिरप्रतिद्धन्द्धी भारत विरुद्ध पाकिस्तान बीचको यस म्याचलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । दुवै राष्ट्रमा क्रिक्रेटलाई धर्मकै रुपमा दाँजिन्छ । भारतको क्रिकेट संघ विसिसिआई संसारकै दोस्रो धनी खेलकूद संस्था हो । यता पाकिस्तान क्रिक्रेट संघ पिसिवी भने आर्थिक मन्दीसँग जुधिरहेको छ । खैर, यो त आर्थिक पाटोको कुरो भयो ।

मेनकुरो मेनरोड विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रत्यक्ष प्रशारण गरिने आजको भारत–पाकिस्तान बीचको महत्वपूर्ण म्याचकै हो । अक्सर, दुई राष्ट्र बीचको प्रत्येक खेललाई संसारभर अरु राष्ट्रले समेत चासो पूर्वक हेर्ने गर्दछन् । भारतको राष्ट्रिय खेल हक्की हो । तर, भारतमा क्रिकेटमा जतिको लगाव हक्कीमा त के, अन्य कुनै खेलमा छैन ।

भारतमा तिन कुरा बढी फोकसमा छ । पहिलो राजनीति, दास्रो फिल्म ईन्डष्ट्रिज र तेस्रो क्रिक्रेट हो ।

याद गरौ, पाकिस्तान यस्तो देश हो । जहाँका प्रधानमन्त्री समेत क्रिक्रेटकै हस्ती ईमरान खान हुन् । ईमरान आफ्नो जमानाका यस्ता क्रिक्रेटर हुन्, जसको कप्तानीमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिक्रेटको उपाधि चुमेको हो । पूरा ४० ओभरको म्याच भएमा ४ देखि ५ घण्टा हुनेछ ।

भारत रोहित शर्माको कप्तानीमा मैदानमा उत्रिनेछ, भने पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछ । दुवै राष्ट्रमा प्राय युवाकै वर्चस्व छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]