०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ ४ बाट घिमिरे सिफारिसमा परेसँगै अन्य नेताको दावी ओझेलमा

Logo

विराटनगर, भदौ १८
निरज बस्नेत
नेपाली कांग्रेस मोरङ ४ को राजनीति यतिवेला गर्माएको छ । आसन्न मंसिर ४ को आवधिक निर्वाचनको लागि ५ जनाको नाम प्रतिनिधि सभा उम्मेदवारका का लागि यहाँवाट सिफारिस भएको छ । समग्रमा गुट उपगुटले थिलथिलो भएको नेपाली कांग्रेस यतिवेला मोरङ ४ मा झन् संकटको घडीमा गुज्रिरहेको छ ।

मोरङ ४ देखि सिफारिस भएका ५ जनामा, गुरुराज घिमिरे, अमृत अर्याल, भिम पराजुली, महेश आचार्य र दिलिप गच्छ्छेदार हुन् । महेश आचार्यले २०७४ को चुनावमा यहाँवाट माओवादी केन्द््रका अमनलाल मोदीसँग हारेका थिएँ । महेशलाई हरुवाको संज्ञा दिदै टिकट दिनुहुदैन यो माग जोडदार रुपमा कांग्रेसीजनवाटै उठेको छ । मोरङबाटै राजनीति गर्ने अनि यहीँका जनताका लागि केही नगर्ने परिपाटीले महेशको संभावना नरहेको केही कांग्रेसी नेताहरु हाक्काहाक्की बताउँछन् । तर, अन्तिम एकपटक मौका पाएँ अवश्य चुनाव जित्ने महेशको दावी छ । हारेकालाई पुनः मौका दिनु आत्मघाती हुनेछ, यो चाहीँ आम बुझाइ रहेको छ ।

धार्मिक नेताको छवि बनाएका भिम पराजुलीको आशा जिवितै रहेको उनी निकटका कांग्रेसी नेता बताउँछन् । मोरङ ४ बाट प्रतिनिधि सभाको उम्मेदवारको टिकट पाउने, भिमका नजिकका नातेदार समेत दावी गर्छन् ।
तरपनि भिमको हकमा यो फलामको च्यूरा चपाउँनुसरी हुने राजनीतिका जानकारहरुको विश्लेषण छ । । मोरङमा शेखर कोईरालाको छवि राम्रो छ । कोईरालाको विरासतको रुपमा मोरङको कांग्रेसी राजनीतिलाई अथ्र्याईँछ । यता भिमको सम्वन्ध शेखरसँग पानीवारको छ । तसर्थ भिमले टिकट पाउने सँभावना क्षीण बन्दैजाने विराटनगरका कांग्रेसीहरु बताउँछन् ।

विजयकुमार गच्छ्छेदारसँग राम्रो सम्वन्धमा रहेका दिलिप गच्छ्छ्दारलाई त मोरङ ४ कै धेरै मानिसहरुले चिन्दैनन् । दिलिपको कांग्रेसमा भूमिका आफैमा गौण छ । यसर्थ दिलिपलाई सिफारिस केवल चित्त बझाउँने मेलो हुनसक्छ ।

अमृत अर्याल मोरङका चिरपरिचित अनुहार हुन् । यिनको साविक निर्वाचन क्षेत्र मोरङ ५ हो । मोरङ ४ का लागि अमृत पर्यटक जस्तै हुनाले पनि यिनको संभावनामा तुषारापात लाग्न सक्छ । अमृतले धेरै विकासे राम्रा काम मोरङ ५ बाटै गरेका कारण यिनी उतै लोकप्रिय देखिन्छन् । तसर्थ मोरङ ४ देखि अमृतको संभावना कमजोर सावित बनिदिन सक्दछ ।

अन्ततःसवैको फाईदा गुरुराज घिमिरेले उठाउन सक्ने अड्कल काटिदैछ । शेखरका अतिप्रिय गुरुराज कै नाममा मोरङ ४ को प्रतिनिधि सभाको टिकट आउने यस्तै गाइँगुई धेरैको मुखारविँदवाट आईनैरहेको छ । विधार्थी राजनीतिदेखि नै लोकप्रिय छवि बनाएका गुरुराजको लाइफस्टाईल नै सरल छ । जीवनमा कहिल्यै पदको लोभमा नपरेका गुरुराज असाधारण छन् । यस्ता निस्कलंक व्यक्तित्व गुरुराजकै पोल्टामा मोरङ ४ को प्रतिनिधि सभाको उम्मेदवारको टिकट हात नपर्ला भनेर पनि यसै भनिहाल्न पनि सकिन्न् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]