०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

डा.कोईराला किन सर्वसम्मत हुनसकेनन् ?

Logo

विराटनगर, भदौ २१
निरज बस्नेत

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला प्रभावहीन देखिएका छन् । सभापति शेरवहादुर देउवालाई काउन्टर दिने नेताको रुपमा परिचय बनाएका डा. शेखर एकाएक कमजोर सावित देखिएका छन् । पछिल्लो सम्पन्न कांग्रेस महाधिवेशनमा देउवासँग पराजित हुँदा समेत एकचालिस प्रतिशत लोकप्रिय मत ल्याएका शेखर कसरी कमजोर भएँ त ?

मोरङ ६ बाट शेखर सर्वसम्मत उम्मेदवार हुने धेरैको अनुमान थियो । तर, ठिक विपरित यहाँवाट ४ जनाको नाम सिफारिस गरिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । रमेशजंग रायमाझी, शिवकुमार बस्नेत तथा डिला संग्रौला समेत गरि ४ जनाको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
रमेश, शिव, डिला तिनैजना देउवा निकटका नेता हुन् ।

गएको चुनावमा शेखरले एमालेका लालवावु पण्डितसँग यहाँवाट हारेका थिएँ । यसपालि पनि कतै शेखरले गिरेको साखलाई फेरी गिराउने त होईनन्, यस्तै बखेडा निकालेर संस्थापन पक्षले शेखरलाई क्षेत्र ६ बाट पन्छियाउन खोजिरहेको छ । गए स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयरमा नागेशको नाम डा. शेखरले अन्तिम समयसम्म लिएको विषयले समेत मोरङमा धेरै कांग्रेसी असन्तुष्ट बनेका थिए । सोही असन्तुष्ट पक्षले पनि दावेदारहरुलाई मज्जाले उचालेको बुझिएको छ ।

मोरङ कांग्रेसभित्र शेखरबाहिरका नेता तथा कार्यकर्ताहरुलाई सधै आझेलमा पार्ने प्रवृतिले पनि संस्थापन पक्षका नेताहरु शेखरसँग रुष्ट थिए । सोही कारण पनि शेखरको क्षेत्रमा संस्थापनका नेताले बाझो थापीदिएको हुनसक्ने अड्कलिएको छ ।

शेखर पदेन केन्द्रिय सदस्य हुन् । यो भनेको महाधिवेशनमा केन्द्रिय सभापति पदमा लड्दा विजेताको निकटत्म प्रतिद्धन्द्धी स्वतः केन्द्रिय सदस्य हुने विधानतः व्यवस्था हो । शेखर संसदमा पनि नहुनु, महाधिवेशनमा हार्नु, देउवासँग खासै सम्वन्ध राम्रो पनि नहुनु, सानो गुटको झुण्डमा रमाउनु जस्ता कारकतत्वले दिनप्रतिदिन शेखरलाई पतनकै बाटोतर्फ डोर्याउँदै छ ।
केन्द्रिय कमिटीमा देउवा गुटको एकासी प्रतिशत हालीमुहाली छ । यहाँ पनि शेखर कमजोर सावित छन् ।

अझ रोचक कुरा त शेखर आम जनतामाझ सिधै सम्पर्कमा जान त्यतिसारो रुचाउँदैनन् । कोही मार्फत चुनावी प्रचार – प्रसारमा जान अग्रसर हुनुले समेत शेखरको राजनीतिक उडानमा उल्टो गति लिईरहेको प्रष्टै देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]