०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

डा.कोईराला किन सर्वसम्मत हुनसकेनन् ?

Logo

विराटनगर, भदौ २१
निरज बस्नेत

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला प्रभावहीन देखिएका छन् । सभापति शेरवहादुर देउवालाई काउन्टर दिने नेताको रुपमा परिचय बनाएका डा. शेखर एकाएक कमजोर सावित देखिएका छन् । पछिल्लो सम्पन्न कांग्रेस महाधिवेशनमा देउवासँग पराजित हुँदा समेत एकचालिस प्रतिशत लोकप्रिय मत ल्याएका शेखर कसरी कमजोर भएँ त ?

मोरङ ६ बाट शेखर सर्वसम्मत उम्मेदवार हुने धेरैको अनुमान थियो । तर, ठिक विपरित यहाँवाट ४ जनाको नाम सिफारिस गरिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । रमेशजंग रायमाझी, शिवकुमार बस्नेत तथा डिला संग्रौला समेत गरि ४ जनाको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
रमेश, शिव, डिला तिनैजना देउवा निकटका नेता हुन् ।

गएको चुनावमा शेखरले एमालेका लालवावु पण्डितसँग यहाँवाट हारेका थिएँ । यसपालि पनि कतै शेखरले गिरेको साखलाई फेरी गिराउने त होईनन्, यस्तै बखेडा निकालेर संस्थापन पक्षले शेखरलाई क्षेत्र ६ बाट पन्छियाउन खोजिरहेको छ । गए स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयरमा नागेशको नाम डा. शेखरले अन्तिम समयसम्म लिएको विषयले समेत मोरङमा धेरै कांग्रेसी असन्तुष्ट बनेका थिए । सोही असन्तुष्ट पक्षले पनि दावेदारहरुलाई मज्जाले उचालेको बुझिएको छ ।

मोरङ कांग्रेसभित्र शेखरबाहिरका नेता तथा कार्यकर्ताहरुलाई सधै आझेलमा पार्ने प्रवृतिले पनि संस्थापन पक्षका नेताहरु शेखरसँग रुष्ट थिए । सोही कारण पनि शेखरको क्षेत्रमा संस्थापनका नेताले बाझो थापीदिएको हुनसक्ने अड्कलिएको छ ।

शेखर पदेन केन्द्रिय सदस्य हुन् । यो भनेको महाधिवेशनमा केन्द्रिय सभापति पदमा लड्दा विजेताको निकटत्म प्रतिद्धन्द्धी स्वतः केन्द्रिय सदस्य हुने विधानतः व्यवस्था हो । शेखर संसदमा पनि नहुनु, महाधिवेशनमा हार्नु, देउवासँग खासै सम्वन्ध राम्रो पनि नहुनु, सानो गुटको झुण्डमा रमाउनु जस्ता कारकतत्वले दिनप्रतिदिन शेखरलाई पतनकै बाटोतर्फ डोर्याउँदै छ ।
केन्द्रिय कमिटीमा देउवा गुटको एकासी प्रतिशत हालीमुहाली छ । यहाँ पनि शेखर कमजोर सावित छन् ।

अझ रोचक कुरा त शेखर आम जनतामाझ सिधै सम्पर्कमा जान त्यतिसारो रुचाउँदैनन् । कोही मार्फत चुनावी प्रचार – प्रसारमा जान अग्रसर हुनुले समेत शेखरको राजनीतिक उडानमा उल्टो गति लिईरहेको प्रष्टै देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]