२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

ओलीले मात्र प्रधानमन्त्री हाक्ने

‘सबैको पद जान्छ मेरो पनि पद जान्छ तर अर्को निर्वाचन पछि मात्रै जान्छ’
Logo

काठमाडौं,भदौ १
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद अर्को निर्वाचनसम्म नजाने उद्घोष गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उक्त खुलासा गरेका हुन् । उनले भने ‘सबैको पद जान्छ मेरो पनि पद जान्छ तर अर्को निर्वाचन पछि मात्रै जान्छ । त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ’
उक्त अभिव्यक्ति पश्च्यात अब प्रचण्ड नेकपाको अहिलैकै सरकारको प्रधानमन्त्री बन्ने हो वा हाईन् भन्ने विषयमा पनि शंका उब्जिएको छ । पुष्पकमल दहालले पार्टि एकताभन्दा अघि दुई अध्ययक्ष बिच केहि सहमति भएको बारम्बार दोहोराउदै आएका छन् । राजनितिज्ञ एव् आम–जनमानसले केपी–प्रचण्ड बिच आलोपालो प्रधानमन्त्री चालाउने समहमती भएको आर्थयाएको÷बुझेको थिए ।
तर प्रधानमन्त्रीको आजको अभिव्यक्ति पछि नेकपाको पाँच वर्षे सरकार एकलौटी ओलीले मात्र चालाउने जस्तो बुझिएको छ । श्रावण ३१ गते शुक्रबार भएको पार्टि सचिवालय बैठकमा प्रचण्ड र ओली विच सरकार र पार्टि नेतृत्वबारे केहि सहमती हुनसकेको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो। पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]