०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङका ३ निर्वाचन क्षेत्रमा राप्रपा पनि बलियो

Logo

विराटनगर, कार्तिक ७
निरज बस्नेत
मोरङमा जम्मा ६ निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये मोरङ, ४, ५, र ६ मा गरेर ३ निर्वाचन क्षेत्रमा राप्रपा बलियो देखिएको यसैं क्षेत्रका मतदाताको दावी रहँदैं आएको छ ।

मोरङ–४ बाट राप्रपाका राष्ट्रभक्ति युवा उम्मेदवार रवि रिजाल चुनावी मैंदानमा छन् । यसैं ४ नं. क्षेत्रवाट सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी चुनावी प्रतिष्पर्धामा छन् । एमालेवाट विनोद ढकाल छन् । प्रतिनिधि साभाका लागि यी तिनैंजनामा रोचक भिडन्त हुने पूर्वानुमान गरिदैछ । राप्रपाका युवा उम्मेदवार रिजालको चुनावी गतिविधिमा तीव्रता देखिएसँगैं मतदातामा उत्साहको किरण देखिएको छ । विराटनगरका वडाहरु, ग्रामथान गाउँपालिकामा , त्यस्तैगरी कटहरी गाउँपालिकामा रहेका मतदाताको रिजालप्रति विश्वासको वातावरण देखिन थालेको छ । रविको सवैसँग घुलमिल हुने राम्रो बानीले गर्दा पनि यस क्षेत्रका मतदातामा यसपाली धार परिवर्तन गर्नुपर्ने देखेका छन् । यसको मतलव अन्य उम्मेदवारद्दय, मोदी र ढकाललाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ ।

मोरङ–५ मा राप्रपाका रेवत बहादुर थापा चुनाव जित्नेमा ढुक्क छन् । यस क्षेत्रमा मतदाताप्रतिको उत्साह हेर्दा थापा दंग छन् । थापा मतदाताको बलियो साथले अनि राम्रो जनलहरले समेत बाजी मार्नेमा ढुक्क प्रायः देखिन्छन् । जनताको घरदैलोमा नैं उनीहरुले बनाएको खाना खाएर होस् चाहे, दिनभरी मिठामिठा भलाकुसारी गरेर होस् मतदाताको मन जितिरहेका छन् । आफ्नै राम्रो व्यवसाय पृष्ठभूमिकैं कारण पदमा पुगेपछि एक पैंसापनि भ्रष्टाचार नहुने संकेत देखिएका कारण समेत हुनसक्छ, यस क्षेत्रमा थापाप्रति मतदाताले विश्वास गरेकै छन् । थापाका प्रतिद्दन्दीका रुपमा सत्ता गठबन्धनका रुपमा उम्मेदवार, माओवादी केन्द्रका शिवकुमार मण्डल एवं एमालेसँग सहकार्य गरेको जसपाका उम्मेदवार राजकुमार यादव चुनावी मैदानमा छन् । मण्डलले ५ बर्ष सांसद भएर र मन्त्री समेत हुदा कुनै लछारपाटो नलाएकै कारण मण्डलको क्रेज घटेको छ । यता यादव नयाँ अनुहार अनि जसपाको विग्रदो राजनीतिकै कारण पासा थापातिरैं जाने जनविश्वास बढेर गएको छ ।

मोरङ–६ तर्फ नियाल्दा राप्रपाका लाेकप्रिय नेता गोपाल कटुवाल अग्रमोर्चामा छन् । यिनको सरल जीवनयापनले गर्दा यिनलाई मतदाता आफ्नो संझिन्छन् । यिनी पनि मतदातालाई घरकै सदस्यसरी व्यवहार गर्छन् । घरदैंलो अभियानलाई सार्थकतामा परिणत गर्दे चुनावी एजेण्डा मतदातामाझमा सुनाईरहेका छन् । मतदाताले पनि चनाखो भएर बुझिरहेका छन् । कटुवाल आफैमा समाजसेवी समेत हुन् । यिनको लोभलाग्दो सरलता इत्यादी कारणले यिनी मोरङ–६ का बलिया जित्नसक्ने हकदारका उम्मेदवार हुन् । कटुवालको प्रतिद्दन्दिमा सत्ता गठबन्धनका उम्मेदवार, डा. शेखर कोईराला र एमालेका लालवावु पण्डित छन् । डा. शेखर ७४ को चुनावमा लालवावुसँग पराजित भएका थिँए । यिनको पार्टी भित्रको अन्र्तसंघर्षलाई मतदाताले रुचाएको पाईदैन ।  लालवावुले ५ बर्ष सांसद एवं २१ महिना मन्त्री समेत हुदाँ जनताको मन जित्ने कुनै काम नगरेका कारण छवि विगारेका छन् । सारमा, मोरङका निर्वाचन क्षेत्र , ४, ५ र ६ मा राप्रपाका उम्मेदवार अन्य उम्मेदवारका लागि कठिन बन्न सक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]