२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

चार दशकपछि उद्दव पौंडेल किन विराटनगरमा सक्रिय भए त…

Logo

विराटनगर, कार्तिक् २१
निरज बस्नेत
नेपाल सरकारवाट पहिलो पटक दीर्घ साधना सम्मानबाट विभूषित चलचित्रकर्मी उद्दव पौंडेल प्रतिनिधि सभा सदस्य, समानुपातिक तर्फवाट राप्रपाका उम्मेदवार हुन् । ४ दशकपछि विराटनगरका जनतामाझ मत माग्दै अहिले पौंडेल घर–घर हिडिरहेका छन् ।

यहाँका रैथाने , पूराना वासिन्दासँगको सामिप्यतामा आजभोली यिनको दिनचर्या मज्जाले व्यतित भईरहेको देखिन्छ । यसक्रममा पौंड्लको भनाईलाइ उद्रित गर्दे भन्दा आम मतदाताको यिनलाई राम्रो प्रतिक्रिया मिलिरहेको पाईन्छ । विराटनगर सधै यिनलाई प्रिय लाग्ने स्थान हो ।

लामो समयदेखी राजधानी काठमाडौं बसेर सक्रिय जीवनयापन गरे तापनि अन्ततः विराटनगरको मायाले यिनलाई डोर्याई छोड्यो । चुनावको मेसोमा विराटनगर आएँतापनि सधैव यिनको पहिलो रोजाईको ठाउँ भने विराटनगर नै पर्छ ।

पन्चायतको अन्तिम समयमा पौडेल उपप्रधानपन्च भएको स्मरण आज पनि गर्छन् । जुनसुकै कालखण्डमा समेत यिनी जनताकै नजिकमा छन् । यधपी बढीजसो यिनी फिल्मी दुनियाबाट नै चम्किएँ । पौडेलले कुसुमे स्माल, तिलहरी, जय बाबा पशुपतिनाथ, गोपी कृष्ण, लगायत दर्जनौं लोकप्रिय नेपाली सिनेमा बनाएका छन् । सिनेमाको दुनियासँगै राजनीतिमा राप्रपाबाट सक्रिय पौडेल आजभोली चलचित्रको गतिविधिमा उत्तिसारो सक्रिय चाँही देखिदैनन् ।

गएको ७४ को चुनावमा यिनी कांग्रेसका गगन थापाबाट काठमाडौं–४ मा प्रतिनिधि सभामा पराजित हुन पुगेका थिएँ । उमेरले ७० बढी कटिसक्दा समेत अहिलेपनि यिनी उर्जावान् छन् । पौडेल विराटनगर तिनटोलिया निवासी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यिनकै छोरी निकीतालाई विवाह गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]