२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

नेईमारको नेतृत्वमा ब्राजिलले यो पटकको विश्वकप उचाल्ने पूर्वानुमान

Logo
प्रकाशित बुधबार, कार्तिक ३०, २०७९

विराटनगर, कार्तिक ३०
निरज बस्नेत
पाँच पटकको विश्वकप फुटवलको उपाधि चुमेको ब्राजिल यो पटक पनि उपाधि उचाल्न सक्ने राष्ट्रमा पहिलो नं. मा पर्छ । सर्वाधिक विश्वकपमा सहभागिता जनाउने देश भएकै कारण समेत ब्राजिललाई सफल मानिन्छ । विश्व फुटवलका सफलतम् खेलाडी नेइमारको नेतृत्वले ब्राजिललाई झन् सशक्त बनाएको छ ।

कतारमा हुने २०२२ को विश्वकप फुटवललाई संसारभरबाट प्रतीक्षा गरिएको पाईन्छ । ब्राजिलको समूहमा सर्विया, स्वीट्जरल्याण्ड, क्यामरुन छन् । ग्रुप जी अन्र्तगतको लिग चरणको यस खेलमा ब्राजिललाई सजिलो पर्ने सवैको अनुमान छ । ब्रालिलको प्रमुख कोचमा टिटे छन् । ब्राजिलले सन् २०१८ को विश्वकप सुरुवात स्वीट्जरल्याण्डसँग १–१ को बराबरी सँगै गरेको थियो । तर, यसपाली यूवाहरुले भरिपूर्ण ब्राजिलको टिम सवै कोणवाट स्ट्रोङ छ ।

यता यसपल्टको ब्राजिलको दक्षिण अफ्रिकी छनौट सुखद रहेको छ । पूरा गेममा ब्राजिल अपराजित रहेको हो । ब्राजिलले अन्तिमपटक सन् २००२ मा जापानमा विश्वकप जितेको थियो । यसपालिको लिगचरणको पहिलो खेल ब्राजिलको सर्वियासँग रहेको छ । फिफा वरियतामा ब्राजिल अहिले पहिलो नम्वरमा पर्छ ।

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४, र २००२ गरी ५ पटक विश्वकप जितेको छ । यता कोपा अमेरिका १९१९, १९२२, १९४९, १९८९, १९९७, १९९९, २००४, २००७, २०१९ , त्यस्तैगरी अन्तरमहादेशीय कप १९९७, २००५, २००९ र २०१३ मा जितेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]