१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

नेईमारको नेतृत्वमा ब्राजिलले यो पटकको विश्वकप उचाल्ने पूर्वानुमान

Logo

विराटनगर, कार्तिक ३०
निरज बस्नेत
पाँच पटकको विश्वकप फुटवलको उपाधि चुमेको ब्राजिल यो पटक पनि उपाधि उचाल्न सक्ने राष्ट्रमा पहिलो नं. मा पर्छ । सर्वाधिक विश्वकपमा सहभागिता जनाउने देश भएकै कारण समेत ब्राजिललाई सफल मानिन्छ । विश्व फुटवलका सफलतम् खेलाडी नेइमारको नेतृत्वले ब्राजिललाई झन् सशक्त बनाएको छ ।

कतारमा हुने २०२२ को विश्वकप फुटवललाई संसारभरबाट प्रतीक्षा गरिएको पाईन्छ । ब्राजिलको समूहमा सर्विया, स्वीट्जरल्याण्ड, क्यामरुन छन् । ग्रुप जी अन्र्तगतको लिग चरणको यस खेलमा ब्राजिललाई सजिलो पर्ने सवैको अनुमान छ । ब्रालिलको प्रमुख कोचमा टिटे छन् । ब्राजिलले सन् २०१८ को विश्वकप सुरुवात स्वीट्जरल्याण्डसँग १–१ को बराबरी सँगै गरेको थियो । तर, यसपाली यूवाहरुले भरिपूर्ण ब्राजिलको टिम सवै कोणवाट स्ट्रोङ छ ।

यता यसपल्टको ब्राजिलको दक्षिण अफ्रिकी छनौट सुखद रहेको छ । पूरा गेममा ब्राजिल अपराजित रहेको हो । ब्राजिलले अन्तिमपटक सन् २००२ मा जापानमा विश्वकप जितेको थियो । यसपालिको लिगचरणको पहिलो खेल ब्राजिलको सर्वियासँग रहेको छ । फिफा वरियतामा ब्राजिल अहिले पहिलो नम्वरमा पर्छ ।

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४, र २००२ गरी ५ पटक विश्वकप जितेको छ । यता कोपा अमेरिका १९१९, १९२२, १९४९, १९८९, १९९७, १९९९, २००४, २००७, २०१९ , त्यस्तैगरी अन्तरमहादेशीय कप १९९७, २००५, २००९ र २०१३ मा जितेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]