०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका उम्मेदवारद्दय विजयी

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

विराटनगर, मंसीर ५
निरज बस्नेत
नेपाली कांग्रेसका उम्मेदवार योगेस गौचन हिमाली जिल्ला मुस्ताङबाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् । यो सँगै कांग्रेसले जितको ढोका खोलेको छ ।

सोमवार सकिएको मतगणना अनुसार कांग्रेसका युवा २९ बर्षिया उम्मेदवार गौचनले एमालेका ६० बर्षिया वृद्ध उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएँका हुन् । विजेता गौचनले ३ हजार ९९२ मत ल्याउँदा पराजित तुलाचनको ३ हजार ७८ मत आएँको छ ।

मुस्ताङको टोटल जनसंख्या ११ हजार ५९३ हो । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेको छ । मंसीर–४ को निर्वाचनमा यहाँ ७ हजार २३० मत खसेको थियो ।

यता मुस्ताङ–१ बाट पनि कांग्रेसका उम्मेदवार नुम्डु गुरुङ विजयी भएँका छन् । यिनले एमालेका ईन्द्रधारा विष्टलाई हराएका हुन् । नुम्डुले १ हजार ४८ मत ल्याएर विजय बन्दा विष्ट ७ सय ९३ मत ल्याई पराजित भएँका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

काठमाडौं ,१७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको […]

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]