१९ कार्तिक २०८१, सोमबार
04-11-2024 , Mon

विश्वकप फुटवल २०२२ डच टोलीले सेनेगललाई २–० गोल अन्तरले हरायो

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

विराटनगर, मंसीर ६
निरज बस्नेत
कतारमा चलिरहेको विश्वकप फुटवल २०२२ अन्र्तगतको तेस्रो खेलमा डच टोली नेदरल्याण्ड्सले अफ्रिकन टिम सेनेगललाई २–० गोल अन्तरलले पराजित गरेको छ ।

निकै नै प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा डच टोलीले सेनेगललाई हराउन सफल भएँको हो । नेदरल्याण्ड्स लुईस भानको नेतृत्वमा मैदानमा उत्रेको हो ।

दोहामा खेलको ८४ औं मिनेटमा विङ्गर कोडीले डच टोलीको शुरुवाती गोल गरेका हुन् । फ्रान्क डी जोङको क्रसमा कोडीले हेड गोल गरी आफ्नो टीमलाई अगाडी बढाएँका थिएँ । ८ मिनेट थपिएँको ईन्जुरी टाईम पार पश्चात् वैकल्पिक खेलाडी डेभी क्लासेनले डच टिमको लागि दोस्रो गोल थपेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी […]

काठमाडौं, १५ असार  । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो […]

काठमाडौं,२९ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण […]