२४ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
गरिब जीवनमा कति पटक मर्छ ?

गरिवलाई खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्यको कुरा त परै जाओस सास फेर्न पनि गाह्रो छ

Janacharcha.com बुधबार, भाद्र ०४, २०७६ मा प्रकाशित

 

सुजन दाहाल

‘सवै भन्दा ढुंगो सा–ह्रो त्यो भन्दा नि नहुनु सा–ह्रो’ भनेजस्तै गरिव हुनु भन्दा सा–ह्रो संसारमा अर्को केही छैन । गरिवकोे समाजमा कुनै स्थान हुदैन । सवैले अपहेलित व्यवहार मात्र गर्छन । सवैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् । गरिवलाई अनेक यातना, उपमा र विशेषण दिने गरिन्छ । कसैले वास्ता व्यस्ता नै गर्दैनन् । सम्मानित ढंगबाट व्यवहार गरिदैन । गरिव भएकै कारण सामाजिक उत्पिडन र भेदभावको शिकार भई अपमानित जिवन विताउन परिरहेको यही समाजमा हामीले देखिरहेका छौ ।

गरिव जीवनमा सास भएर पनि धेरै पटक मर्ने गर्छ । छोराछोरीलाई स्कूल पढाउदा पैशा तिर्न नसकेर एक पल्ट मर्छ । विरामी भएर उपचारका लागि अस्पताल जाँदा अस्पतालको खर्च बर्च तिर्न नसकेर अर्कोपल्ट मर्छ । सास अड्काउनका लागि जसरी भए नि खानु प–यो । बजारमा चामल, दाल, तेल, तरकारी आदी किन्न जाँदा अर्को पल्ट मर्छ । लाज गाल ढाक्न मात्रै भए पनि लुगा त लाउनै प–यो र बजारमा लुगाफाटो किन्न जाँदा फेरी अर्को पल्ट मर्छ ।
यसरी गरिव जीवनमा पाइलै पिच्छे मर्दै बाँच्दै गर्छ ।

गरिव बाँचेर पनि मरे तुल्य छ । देशमा मंहगीले आकाश छोएको छ । कुनै पनि बस्तु र सेवा खरिद गर्न सक्ने अवस्था र स्थिती छैन । गरिवले बजारमा गएर केवल आँखाले मात्र सपिङ गर्न सक्ने अहिलेको स्थिती छ । साच्चै भन्ने हो भने आम नेपाली यही श्रेणीमा जीवन विताई रहेका छन् । जीवन चलाउन र धान्न धेरै नेपालीलाई कठिन छ । जस्ले जति सुकै गफ गरे पनि खान र लाउन नेपालीलाई पुगेकै छैन भन्दा पनि हुन्छ । आफुले भोगिरहेको जीवनलाई हेरे थाहा हुन्छ कि म कति गरिव छु ? खान र लाउन नपुगेको कुरा आम नेपालीको अनुहारबाट पनि प्रष्ट संग झल्किरहेको देखिन्छ ।

गरिवको यो दुनियमामा कोही भरपर्दो सहारा हुदैन । सवै मुखले मात्र ठिक्क पार्छन् परेका दिन सवैले बहाना मात्र गर्छन् । अहिले हेर्दा लाग्छ मानिस त के दुःखमा गरिवलाई साथ दिने भगवान पनि हुदैन । भगवानले पनि बढी दुःख दिएको जस्तो लाग्छ ।

तमाम दुःख, पिर, मर्का, चोट, बेदना सहनु भन्दा अर्को विकल्प गरिवसंग छैन । खाने लाउने हिड्ने डुल्ने चाहना सवै आफु मरेर जाँदा संगै मरेर जान्छ । गरिव भएर बाँच्नु पर्दाको पिडा केवल गरिवलाई मात्र थाहा हुन्छ । ठूला ठूला महलमा बस्ने र मंहगा गाडी चढनेलाई के थाहा ?

गरिवले हरेक रात खाने नभएर भोकै सुत्नु परिरहेको छ । लाउने नभएर जाडोले मर्नु परिरहेको छ । औषधी उपचार गर्ने पैसा नभएर रोग पालेरै कुहिएर बस्नु परिरहेको छ । छोराछोरी पढाउने पैसा नभएर भविश्यका कर्णधार त्यसै खेर गइरहेका छन् । अनेकौ इच्छा, आंकाक्षा र चाहनालाई तिलाञ्जली दिनु परेको अवस्था छ ।

सपनाहरु विपनामा परिणत गर्न सम्भव छैन । मन भित्रका भावना र संवेदनालाई दवाउनु पर्ने अवस्था छ । यस्ता गरिवको पिढा र बेदना कस्ले बुझने ? अहिले त तीन तहका सरकार छन् । कुनै न कुनै सरकारले सम्वोधन गरे हुदैन र ? गरिवहरु राजनीति गर्नेका भोट बैक मात्र त होइनन् नि ? कि हुन ? के चुनाव जितेर राज्य सत्तामा पुगे पछि गरिवका आशु पुछनु पर्दैन ? आखिर गरिवको भोटले राज्य सत्तामा पुग्ने र पुँजीपति बर्गको हितमा काम गर्ने देशका शासकहरु अलिकति पनि जिम्मेवार देखिदैनन् र उनीहरुको रवैयाको साक्षी बन्दैे गरिव अर्को पल्ट मर्छ ।

गरिवले कागती निचोरे जस्तो अनुहार लिएर हिडिरहनु परेको छ । संयोगले बाँचे बाँचिहाल्छ नत्र आफ्नो इहलिला समाप्त पार्न बाध्य छ । गरिवको अभिभावक सरकार बन्नु पर्ने हो । तर सरकार त माफियाको चंगुलमा छ । सरकार नै माफियाको नोकर र दास भएको छ । माफियालाई मलजल गर्दै गरिवका मुद्धा ओझेलमा परेका छन् । सरकारका वरपरका आसे पासे लौरे घजेहरु लुटेर खान पल्केका छन् । सरकार त्यसैको वरपर घुमिरहेको छ । गरिवको बजारमा सहज पहुच हुने पर्ने तर बजारको नियन्त्रणमा सरकार चलिरहेको छ । जसले गर्दा गरिवीले दुई पत्र छाला गएका गरिवहरु फेरी अर्को पल्ट मर्नु परिरहेको छ ।

गरिवलाई खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्यको कुरा त परै जाओस सास फेर्न पनि गाह्रो छ । मरी हाल्न पनि सक्दैन इच्जतदार र गुणस्तरिय जीवन विताउन पनि सक्दैन । मर्नु भन्दा बहुलाउनु बेस भने जस्तो कयौ गरिव गरिविकै कारण पागल भएर रोडमा ढुंगा हान्दै हिडिरहेका पनि छन् । नेपाली समाजको गलत आचरण र व्यवहारका कारण गरिव अझ गरिव बन्दै गइरहेको छ र यो हेर्दै अर्को पल्ट मरिरहेको छ ।

यहाँ गरिवले काम गर्छु भनेर काम गर्न पनि पाउदैन । चिहान खन्न विदेशी भूमीमा जानु पर्ने बाध्यता छ । नेपालीहरु त छोराछोरी पाउने मेसिन मात्र हुन् । छोराछोरी विदेशीका लागि जन्माइदिएका हुन् । अलि ठूला भए पछि विदेश कुदी हाल्छन् । नकुदेर पनि के गरुन ? देशमा बसेर काम गर्ने परिस्थित नै छैन । नेपाली गरिव भएर नै छोराछोरी विदेश फरार भएका हुन् । यता नेपालमा बाउआमा छोराछोरी सम्झेर छाति पिटी पिटी रुन्छन् उता विदेशमा छोराछोरी बाउआमा घर परिवार सम्झेर सिरानी भिजाउछन् । यो दर्दनाक स्थिती भित्र गरिव नेपालीको कथा लुकेको छ । जसले गरिव माया, प्रेम र सम्वन्धको अभावमा फेरी मर्छ ।

आखिर मान्छे किन गरिव हुन्छ ? गरिव धेरै कारणले हुन सक्छन् । राज्य व्यवस्था, कुशासन, साधनस्रोतको असमान वितरण आदीका कारणले मानिस गरिव हुन सक्छ । जे सुकै कारणले गरिव भएता पनि राज्यले नीति बनाएर गरिवी न्यूनिकरण गर्नु पर्छ । तर यस देशमा कुनै पनि ऐन, कानून, नीति नियम सवै गरिवका विरुद्धमा तयार भएका छन् । नेपालमा त शासकहरु राज्य मेरो बाउको विर्ता हो जस्तो गर्छन । शाससकले गरिवको बेदना नबुझेका होइनन् तर उनीहरु गरिवको पक्षमा काम गदैनन् । त्यसैले लाखौ रुपयाँ ऋणको भारी टाउकोमा बोक्दै गरिव फेरी मर्छ ।

गरिवले जति कराए पनि चिच्याए पनि सुन्ने कोही हुदैन । ठूलालाई मोजमस्ती र भोज भतेरमा नै फुर्सद छैन । गरिव दिनदिनै यसरी मरिरहदा उनीहरुका लागि न सरकार छ न अरु कोही । गरिवले कतै बाट पनि चित्त बुझाउने ठाँउ नै छैन ।

देशमा सरकार भएर पनि गरिवले टुहुरो जिन्दगी विताइ रहनु परेको छ । कागताली लागेर पदमा पुगेको शासक सिंगान आउदा गिलो दिसा लाग्दा उपचारका लागि राज्यको पैसामा विदेश सयर गर्दा गरिवले आफु क्यान्सरले कुहिएर हाँसी दिनु पर्ने स्थिती छ । अलिकति राज्य चलाउनेलाई लाज, घिन र सरम हुनु पर्ने त्यो पनि छैन । सर्वहारा बर्गको सरकारको सुशासनका नाममा भएको कुशासन हेर्दै गरिव फेरी पनि मरिरहनु परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
शक्तिको आडमा उपभोक्ता ठग्दै दुगडको सेन्चुरी
प्रतिनिधिसभाको बैठक फागुन २६ सम्मको लागी स्थगित
आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल