१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed

विश्वकप फुटवल २०२२ लाईभ लफडा–नेपाली फुटवलप्रेमी माथि अत्याचार

Logo
प्रकाशित बुधबार, मंसिर १४, २०७९

विराटनगर, मंसीर १४
निरज बस्नेत
खाडी राष्ट्र कतारमा अहिले विश्वकप फुटवल २०२२ संस्करणको लिग चरणका अन्तिम प्रतिष्पर्धाहरु धमाधम चलिरहेका छन् । ३२ मुलुक सहभागी भएँको यो फुटवल महाकुम्भ मेलामा विश्वभरिका ५ अर्व बढी फुटवलप्रेमीले एकसाथ लाईभ हेरिरहेका छन् ।

यसमा सक्नेले मैदानमा गएँर हेरिरहेका छन् । अन्यको हकमा अन्य माध्यमबाट संभव भईरहेको छ । नेपालमा यसको प्रत्यक्ष प्रसारणको एकाधिकार पाएँको मिडीया हवले दादागिरी शैली अपनाएँको देखिन्छ । यसमा नेपाल सरकारको प्रमुख कमजोरी देखिन्छ ।

रु. २१ करोडमा लाईभ टेलिकास्ट अधिकार लिएँर, नेपाली दर्शकबाट अरबौं रकम असुल्ने मिडीया हबको योजना रहेको प्रष्टै देखिन्छ । यसको नेतृत्व मिडीया हबका प्रमुख सोम प्रसाद धितालले गरिरहेका छन् । जसमा नेपाल सरकार मूकदर्शक बनिरहेको छ । सितैमा त यहाँ नेपाली जनताले सास समेत फेर्न पाउँदैनन् ।

अझ रोचक कुरा त रु. ५६५ को नौंटकी खेल बुझिनसक्नुको छ । मिडीया हवले विश्वकप फुटवल हेर्नका लागि भनेर २० लाख नेपालीसँग रु. ५६५ को दरले रकम उठाइरहँदा समेत जिम्मेवार निकाय नेपाल सरकार, संचार मन्त्रालय रमिते बन्नुलाई सिधै ठग भन्न सिवाय अरु के नै पो भन्न सकिन्छ । यसमा सर्वोच्च अदालतको आदेशलाई पनि जिम्मेवार मान्न सकिएँला।

मागेजतिको शूल्क बुझाँउदा समेत गुणस्तरिय सेवा छैन । यसमा मिडीया हवको आवश्यक पूर्वतयारीको अभाव देखिन्छ । साथै गैरजिम्मेवारको पराकाष्ठा नाघेको रुपमा अथ्र्याउन सकिन्छ । नेपालमा हिमालय टी. भी. एच. डी. प्रिमियर च्यानलबाट मात्र हेर्न बाध्य पारिनु आम नेपाली फुटवलप्रमीप्रतिको गम्भिर घात मान्न सकिन्छ ।

आम नेपालीले पहिले नै महिना–महिनामा केवल शूल्क तिर्नु अनि फेरी लाईभको नाममा थप पैसा असुल्नु यो दादागिरी मिडीया हवकै हो । अनि यसमा मौनता साध्नु सरकारको निकम्मापन हो । अझ कतिपयले त बार्षिक रुपमै केवल ईन्टरनेटको पैसा तिरीसकेका हुन्छन् । हदले सिमा नाघेपछि जनतासँग फुटवलको नाममा अतिरिक्त रकम असुली गर्नु अत्याचार हो ।

यसमा अझ पनि केही विग्रीहालेको छैन । लिएकाको रकम अविलम्व फिर्ता गरियोस् र ग्लोवलाईजेसनको यो जमानामा फुटवल लाईभकै नाममा ब्रम्ह्लुट नमचाईयोस् । विश्वकप फुटवल दिने अन्य च्यानललाई सुचारु गरियोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,मंसिर ५ विराट गोल्डकप फुटवल  सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टकाे वास्तविक आम्दानी र खर्च सार्वजनिक भएकाे छैन । विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा […]

विराटनगर, साउन २५ विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन् । विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा गल्र्स सिंगलतर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेलले श्री श्री रविशंकर स्कुलकी सिम्रन सुवेदीलाई ११–२, ११–१ र १–११ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश […]

विराटनगर,साउन ५ सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएकाछन् । बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे । मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक […]