विराटनगर, मंसीर १४
निरज बस्नेत
सुनसरी क्षेत्र नं. ३ बाट एमालेकी भगवती चौंधरी विजयी भएँकी छिन् । चौंधरीले कांग्रेस नेता विजय गच्छदारको विजयमा ब्रेक लगाएँकी छिन् ।
यस क्षेत्रका आम मतदाताले यो पाली भगवतीलाई जिताएँका छन् । सरल स्वभावकी चौंधरी समाजसेवाको पर्याय समेत हुन् । फरवार्ड सहकारी मार्फत चौंधरीले धेरैको मद्दत गर्दे आईरहेकी छिन् । यस सहकारीले सामाजिक कार्यमा महत्वपूर्ण खुड्किलो पार गर्दे सधैं एककदम अगाडी रहँदै आएँको छ ।
सुनसरीमा भगवतीको कामको प्रशंसा प्रायले मुक्तकण्ठले गर्ने गरेका छन् । यस मामलामा चौंधरी आफैं अब्बल रहँदै आईरहेकी समेत छिन् । यस क्षेत्रमा गच्छदारको विजय किल्लालाई भगवतीले भत्काईदिएँकी छिन् । एमाले नेतृ भगवतीले कांग्रेसका विजयलाई भारी मतान्तर ५ हजार ७ सय ८८ मतले पछारिन् ।
चौंधरीले ४० हजार ७ सय ८८ र गच्छदारले ३५ हजार मत ल्याएँका हुन् । २०४८ यता विजयले विभिन्न दलवाट उम्मेदवारी दिदैं जित्दैं आएँका थिँए । यसपाली भगवतीले नराम्ररी हराईदिईन् ।
विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा पढ्दापढ्दै २०४८ सालयता निरन्तर नेपाली राजनीतिमा भगवती छाईरहेकी नेतृ हेुन् । ५१ बर्षिया भगवती अहिले एमाले पार्टीको केन्द्रिय सदस्य हुन् । दुहवी नगरपालिका–३ की स्थायी बासिन्दा भगवती दुहवी बीच बजारमा रहेको फरवार्ड सुपरमार्केटकी प्रमुख समेत हुन् ।