२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विश्वकप फुटवलमा ब्राजिल थप शक्तिशाली बन्दै, क्वार्टर फाइनलमा ब्राजिलको भिडन्त क्रोएसियासँग

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

विराटनगर, मंसीर २१
निरज बस्नेत
कतारमा विश्वकप फुटवल २०२२ का खेलहरु भईरहेका छन् । मंसीर २३ गते बाट क्वार्टर फाईनलका खेलहरु हुदैछन् । पहिलो क्वार्टर फाईनलमा ५ पटकको विश्वकप फुटवल विजेता ब्राजिलले क्रोएसियाको सामना गर्देछ ।

यसअघिको प्रिक्वार्टर फाईनलमा ब्राजिलले आफ्नो खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराएको थियो । यता क्रोएसियाले प्रिक्वार्टर फाईनलमा जापानलाई ट्राई ब्रेकरमा हराएको हो । यि दुईको फुटवल भिडन्तलाई विश्वभरिका फुटवलप्रेमीले प्रतीक्षा गरिरहेका छन् ।

ब्राजिल प्रशिक्षक टिटेको नेतृत्वमा मैदानमा उत्रिनेछ । ब्राजिलका क्याप्टेन जर्सी नं. ३ का थिएगो सिल्भा पूरै लयमा छन् । ख्यातीप्राप्त खेलाडी ब्राजिलियन फरवार्ड नेयमरको कुशल खेल शैली जादूमयी छ । नेयमर विपक्षी गोलकिपरलाई छक्काई गोल हान्न माहिर छन् । साथमा नेयमरको पास दिने टाईमिङ गज्जबको छ , जसको कारण ब्रालिलका अन्य खेलाडीलाई गोल संख्या बढाउन सहायक सिद्द हुने गरेको छ । यसलाई रोक्न क्रोएसियालाई चुनौतीपूर्ण छ ।

कासिमिरो, फ्रेड, रिचार्लिसन लगायत अन्य प्रायः प्रायः खेलाडी ब्राजिलका पूरै लयमा देखिदै आएका छन् । यसपालीको विश्वकप फुटवलको उपाधि ब्राजिलले नै उचाल्ने विश्वभरका धेरै खेलकूदप्रेमीहरुको पूर्वानुमान छ । यी दुई बीचको खेल आउँदो शुक्रवार नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]