२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

विश्वकप फुटवलमा ब्राजिल थप शक्तिशाली बन्दै, क्वार्टर फाइनलमा ब्राजिलको भिडन्त क्रोएसियासँग

Logo

विराटनगर, मंसीर २१
निरज बस्नेत
कतारमा विश्वकप फुटवल २०२२ का खेलहरु भईरहेका छन् । मंसीर २३ गते बाट क्वार्टर फाईनलका खेलहरु हुदैछन् । पहिलो क्वार्टर फाईनलमा ५ पटकको विश्वकप फुटवल विजेता ब्राजिलले क्रोएसियाको सामना गर्देछ ।

यसअघिको प्रिक्वार्टर फाईनलमा ब्राजिलले आफ्नो खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराएको थियो । यता क्रोएसियाले प्रिक्वार्टर फाईनलमा जापानलाई ट्राई ब्रेकरमा हराएको हो । यि दुईको फुटवल भिडन्तलाई विश्वभरिका फुटवलप्रेमीले प्रतीक्षा गरिरहेका छन् ।

ब्राजिल प्रशिक्षक टिटेको नेतृत्वमा मैदानमा उत्रिनेछ । ब्राजिलका क्याप्टेन जर्सी नं. ३ का थिएगो सिल्भा पूरै लयमा छन् । ख्यातीप्राप्त खेलाडी ब्राजिलियन फरवार्ड नेयमरको कुशल खेल शैली जादूमयी छ । नेयमर विपक्षी गोलकिपरलाई छक्काई गोल हान्न माहिर छन् । साथमा नेयमरको पास दिने टाईमिङ गज्जबको छ , जसको कारण ब्रालिलका अन्य खेलाडीलाई गोल संख्या बढाउन सहायक सिद्द हुने गरेको छ । यसलाई रोक्न क्रोएसियालाई चुनौतीपूर्ण छ ।

कासिमिरो, फ्रेड, रिचार्लिसन लगायत अन्य प्रायः प्रायः खेलाडी ब्राजिलका पूरै लयमा देखिदै आएका छन् । यसपालीको विश्वकप फुटवलको उपाधि ब्राजिलले नै उचाल्ने विश्वभरका धेरै खेलकूदप्रेमीहरुको पूर्वानुमान छ । यी दुई बीचको खेल आउँदो शुक्रवार नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]