२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue

कतार विश्वकप फुटवलको उपाधि ब्राजिलले जित्ने पूर्वानुमान

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

विराटनगर, मंसीर २२
निरज बस्नेत

कतारमा जारी विश्वकप फुटवलको उपाधि ५ पटकको विश्व विजेता ब्राजिलले जित्ने पूर्वानुमान हुदैछ । फुटवलका जानकारहरुको अनुमान अनुसार ब्राजिलले यो पटकको विश्वकप उचाली उपाधि संख्यालाई ६ पुर्याउने यस्तै–यस्तै चर्चा जताततै चल्दैछ ।

ब्राजिलको पूरै खेलाडी राम्रो लयमा छन् । लिग चरणका खेलहरुमा ब्राजिलको पर्फमेन्स हेर्न लायकको थियो । प्रिक्वार्टरको आफ्नो खेलमा त ब्राजिलले एकतर्फी रुपमा खेललाई आफ्नो पकडमा पारी विपक्षी दक्षिण कोरियालाई ४–१ गोल अन्तरलले हराएको थियो ।

ब्राजिल प्रशिक्षक टिटेको कमाण्डमा मैदानमा उत्रिरहेको छ । मैदानमा फुटवल खेल्दाको नेतृत्व जर्सी नं. ३ का थिएगो सिल्भाले गरिरहेका छन् । ब्राजिलको खेल हुदा मैदानमा गएर नै ब्राजिलियन लिजेण्डहरु– रोनाल्डो, क्याफु, रोवर्टो कार्लोस, लगायतका हस्तीहरुले समेत खेलाडीहरुको हौसला बढाइरहेका छन् ।

यतिबेला विश्व फुटवलका महानतम् खेलाडी पेले उपचारार्थ जीवन मरणको दोसाधमा छन् । पेलेकै लागि भनेर ब्राजिलियन खेलाडीहरु समर्पित भएर फुटवल खेलिरहेका छन् । जुन ब्राजिलले उपाधि दिलाएर पेलेको सपना पूरा गर्न सक्दछन् । खासमा पेले मैदानमै गएर फुटवलको मज्जा उठाउन चाहन्थे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १५ असार  । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो […]

काठमाडौं,२९ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण […]

काठमाडौं ,२७ जेठ ।  जारी टी-२० विश्वकपअन्तर्गत आईतबार तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच भइरहेको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको हो। वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल हुन लागेको हो। जारी विश्वकपमा वेस्ट इन्डिजले […]