२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

रास्वपाले समानुपातिकतर्फ १३ सिटमा यसप्रकारले यी व्यक्तिहरु पठाउँदै

Logo

विराटनगर, मंसीर २२
निरज बस्नेत

असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट सुरक्षित गरेको छ ।

यसमा आदिवासी पुरुष तर्फबाट डा. ढाका कुमार श्रेष्ठ, खस आर्य पुरुषबाट डोल प्रसाद अर्याल, मुस्लिम पुरुषबाट असिम शाह, मधेसी पुरुषबाट मनीस झा, आदिवासी महिलाबाट इन्दिरा राना मगर, आदिवासी महिलाबाटै सुमना श्रेष्ठ, थारु पुरुषबाट अशोक चौधरी, मधेसी पुरुषबाट तपेश्वर यादव, खस आर्य पुरुषबाट दीपक बोहरा, दलित पुरुषबाट सन्तोष परियार, दलित महिलाबाट कल्पना रोक्का, र पिछडिएको वर्ग महिलाबाट विनीता कठायत रहेका छन् ।

रवि लामिछाने नेतृत्वको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको हो । संसदमा रास्वपाको कूल सिट अव २० पुग्ने निश्चित भएको छ । नयाँ सरकार बनाउनका लागि रास्वपा निर्णायक शक्ति हुने जस्तो देखिन्छ । रास्वपामा प्रत्यक्षतर्फ राम्रा–राम्रा मान्छेहरुको जित भएको देखिन्छ । संभावना भएकाले प्रत्यक्षतर्फ जित्नुलाई पनि रास्वपाले केन्द्रिय राजनीतिमा राम्रै पकड बनाउने देखिन्छ ।

महिला प्रत्यक्षतर्फ डा. तोसिमा कार्की, सोविता गौतमले काठमाडौबाट चुनाव जितेका छन् । यी दुवै आफ्नो क्षेत्रका सक्षम महिला हुन् । रवि स्वंले चितवन क्षेत्र नं. २ बाट चुनाव अत्यधिक मतले जितेका हुन् । सरसर्ती हेर्दा रास्वपाले केन्द्रिय राजनीतिमा तहल्का पिट्ने अड्कल काटिदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]