२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विश्वकपमा पहिलो सेमीफाइनल–क्रोएसिया भर्सेज अर्जेन्टिना

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

विराटनगर, मंसीर २७
निरज बस्नेत
फुटवल महासंग्राम विश्वकपमा आज राती १२ः४५ बजे क्रोएसिया भर्सेज अर्जेन्टिना बीचमा पहिलो सेमीफाइनल खेल हुदैछ । क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाइ हराएको थियो ।

यस खेलमा ५ पटकको विश्वविजेता ब्राजिललाई युरोपियन राष्ट्र क्रोएसियाले ९० मिनेटको पूरै खेलमा एक गोल सम्म पनि हान्न दिएन । ब्राजिललाई पूरै खेलमा क्रोएसियाले पूरै दवाबमा राखेको थियो । निर्धारित समयमा दुवै पक्षबाट कुनैपनि गोल नभएपछि खेलमा थप ३० मिनेट थप भएको हो ।

यसमा ब्राजिलका नेयमरले खेलको १०५औं मिनेटमा पहिलो गोल गर्दे आफ्नो टिमलाई अग्रता दिलाए तापनि लगत्तै क्रोएसियाबाट १ गोल लाग्यो र खेल बराबरीमा पुग्यो । ३० मिनेट थपिएको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको हो । अन्ततः पेनाल्टी सूटआउटमा गेम क्रोएसियाको पोल्टामा पुग्यो ।

यता अर्जेन्टिनाले पनि क्वार्टरफाइनलको आफ्नो खेलमा पेनाल्टी सूटआउटमा नतिजा आफ्नो पक्षमा पारेको हो । अव आजको यी दुई बीचको सेमीफाइनल एकदमै रोचक हुने सवैको अनुमान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]