०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
Gold Silver Price (1 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 309900
Silver 1 Tola Nrs. 5285

विश्वकपमा पहिलो सेमीफाइनल–क्रोएसिया भर्सेज अर्जेन्टिना

Logo

विराटनगर, मंसीर २७
निरज बस्नेत
फुटवल महासंग्राम विश्वकपमा आज राती १२ः४५ बजे क्रोएसिया भर्सेज अर्जेन्टिना बीचमा पहिलो सेमीफाइनल खेल हुदैछ । क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाइ हराएको थियो ।

यस खेलमा ५ पटकको विश्वविजेता ब्राजिललाई युरोपियन राष्ट्र क्रोएसियाले ९० मिनेटको पूरै खेलमा एक गोल सम्म पनि हान्न दिएन । ब्राजिललाई पूरै खेलमा क्रोएसियाले पूरै दवाबमा राखेको थियो । निर्धारित समयमा दुवै पक्षबाट कुनैपनि गोल नभएपछि खेलमा थप ३० मिनेट थप भएको हो ।

यसमा ब्राजिलका नेयमरले खेलको १०५औं मिनेटमा पहिलो गोल गर्दे आफ्नो टिमलाई अग्रता दिलाए तापनि लगत्तै क्रोएसियाबाट १ गोल लाग्यो र खेल बराबरीमा पुग्यो । ३० मिनेट थपिएको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको हो । अन्ततः पेनाल्टी सूटआउटमा गेम क्रोएसियाको पोल्टामा पुग्यो ।

यता अर्जेन्टिनाले पनि क्वार्टरफाइनलको आफ्नो खेलमा पेनाल्टी सूटआउटमा नतिजा आफ्नो पक्षमा पारेको हो । अव आजको यी दुई बीचको सेमीफाइनल एकदमै रोचक हुने सवैको अनुमान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]