०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अर्जेन्टिना फाइनलमा

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

विराटनगर, मंसीर २८
निरज बस्नेत
विश्वकप फुटवल २०२२ को पहिलो सेमीफाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरलले हरायो । अव, अर्जेन्टिनाले आज हुने दोस्रो सेमीफाइनल विजेतासँग आइतवार भिडन्त गर्ने छ ।

दोस्रो सेमीफाइनलमा आज फ्रान्स भर्सेज मोरक्को बीचमा नेपाली समय अनुसार १२ः४५ मा खेल हुनेछ ।

विश्व फुटवल स्टार लियोनल मेसी प्रेरित अर्जेन्टिनाले १ गोल गरे । मेसीका चेला २२ बर्षिया एल्भारेजले २ गोल गरेका छन् । यिनको दुवै गोल हेर्न लायकको आकर्षक थियो ।

शानदार खेल कला कौशल प्रदर्शन गरेका फुटवल स्टार मेसीले पूरै ९० मिनेटसम्म डटेर खेले । फलस्वरुप आफ्नो टिम अर्जेन्टिनालाई फाइनल यात्राको लागि पुर्याइछाडे ।

मेसीका चेला एल्भारेजको खेलकला जादूमयी थियो ।

५ पटकको विश्वविजेता ब्राजिललाई क्वार्टरफाइनलमा हराएको क्रोएसिया सेमीफाइनलमा अर्जेन्टिनासामु निरीह सावित भइदियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]