१५ जेठ २०८१, मंगलबार
28-05-2024 , Tue

विराटनगरमा प्याव्सन विराट कप फुटवल हुदै

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

विराटनगर, मंसीर २८
निरज बस्नेत
प्याव्सन विराट कप फुटवल टूर्नामेन्ट विराटनगरमा १ पुष देखी ८ पुषसम्म हुने तय भएको छ । विराटनगरमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा यस कुराको जानकारी गराइएको हो ।

दोस्रो संस्करणको यो टूर्नामेन्टमा विजेताले सुन–चाँदी जडित शिल्डकप प्राप्त गर्नेछ । ८ दिनसम्म चल्ने यो प्रतियोगिता स्थानीय शहिद रंगशाला विराटनगरमा हुनेछ । प्याव्सन आवद्द ३० सदस्य विधालयको सहभागिता रहने कुराको जानकारी कार्यक्रम संयोजक नन्दलाल मण्डलले दिएका छन् ।

टुर्नामेन्टमा कक्षा १० सम्म अध्ययनरत १७ वर्षदेखी मुनिका उमेर समूहका खेलाडीले भाग लिनेछन् । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैया खर्च हुने प्रारम्भिक अनुमान छ । प्याव्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीका अनुसार फुटवल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने दृढ संकल्प र विश्वासको साथ प्रतियोगिता गर्न लागिएको बताएँ ।

फुटवलमा नयाँ आयामको लागि प्याव्सन विराट कप गर्दे आएको प्याव्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताएका छन् । यसपटकको फुटवल नकआउटको आधारमा खेलाइनेछ । कार्यक्रम संचालन विराटनगर प्याव्सनका सचिव असोक लामाले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, १८  बैशाख विराटनगरको रेम्वो गल्ली , जहदा रोडमा रहेको चर्चित द हेभेन क्याफे एण्ड बारले नेपाल भर्सेज वेष्टइण्डिज बीचको क्रिक्रेट म्याच देखाइरहेको छ । सो कुराको जानकारी यस क्याफेका संचालक अमित कर्णले दिएका छन् । संचालक कर्णका अनुसार खेलको मज्जाको साथमा बारले कम्वो अफर स्किम पनि चलाइरहेको छ । यस अन्र्तगत रु४९९ मा रु […]

विराटनगर, १४ वैशाख रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र […]

विराटनगर, वैशाख १३ । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । जितँसगै पेमा युवा क्लबले शनिबार हुने फाइनलमा उपाधिको लागि सशस्त्र […]