०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रवि लामिछाने ‘मालदार’ मन्त्रालय गृह सहित सरकारमा

Logo

विराटनगर, पुष ११
निरज बस्नेत
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  गृह मन्त्रालय सहित उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सामेल भएका छन् । रविले ‘मालदार’ मन्त्रालय गृह नै रोज्नुलाई अर्थपूर्ण तरिकाले चर्चा गरिदैछ ।  शिक्षा तथा स्वास्थ्य जस्ताे सेवामुलक मन्त्रालय नराेजेर गृहजस्ताे ‘मालदार’ मन्त्रालय राेज्नुले रवीकाे सत्तास्वार्थ स्वभाव झल्किएकाे भन्दै समाजिक-सञ्जाल प्रयाेगकर्ताहरुले अलाेचना गरिरहेका छन् । उनकै पार्टीका केन्द्रीय सदस्य गणेश कार्किले समेत सरकारमा जानु सत्ता स्वार्थ भएकाे प्रतिक्रिया दिएका छन् ।

गृहमन्त्री भएसँगै रविले गृह मन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा सबैभन्दा बढी काम गनुपर्ने ठाउँ भएकाले राजेको बताए । यसक्रममा निर्मला पन्तको हत्या अनुशन्धानलाई प्राथमिकतामा राखेको रविले जानकारी दिए ।

प्रचण्ड नेतृत्वको ८ सदस्यीय मन्त्रिमण्डल आज गठन भएको छ । उपप्रधानमन्त्रीमा ३ जना रहे । उपप्रधान एवं अर्थमा एमालेका विष्णु पौडेल, अर्का उपप्रधान एवं भौतिक पूर्वाधारमा माओवादीका नारायणकाजी श्रेष्ठ बने ।

मन्त्री बन्ने मा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् । त्यस्तै जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खान समेत मन्त्री भए । नवनियुक्त मन्त्रीहरुको कार्यभार पछि तोकिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]