२४ भाद्र २०८१, सोमबार
09-09-2024 , Mon

प्रचण्ड–विष्णु दुवैको ह्याट्रीक

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९

विराटनगर, पुष १२
निरज बस्नेत
माओवादी केन्द्रका अध्यक्ष एवं सुप्रिमो पुष्पकमल दाहाल एवं एमालेका अध्यक्ष केपी ओलीका छोरा जस्ता एवं एमाले महासचिव विष्णु पौडेल दुवैले क्रमशः प्रधानमन्त्री र अर्थ मन्त्रीमा ह्याट्रीक छलाङ मारेका छन् ।

९–९ महिना गरी दुई पटक यसअघि प्रधानमन्त्री भइसकेका प्रचण्डको दुवै प्रधानमन्त्रीकाल पूर्ण रुपमा असफल सावित भइसकेको छ । यता पौडेल पटक–पटक गरी यसअघि दुई पटक अर्थ मन्त्री हुँदा आर्थिक चलखेल बाहेक अन्य ठोस काम केही नगरी बाहिरिएका थिए ।

प्रचण्ड तथा विष्णु दुवै मन्त्रिमण्डलका फ्लप पात्र हुन् । अव यो पाली दुवैलाई ह्याट्रीक मौका त मिलेको छ । तथापी दुवैलाई हिनामिना गर्ने नराम्रो बानीले छोपेकै छ । तसर्थ यिनीहरुवाट समग्रमा नेपाली जनताले केहीपनि आशा नगरेको एक अध्ययनले देखाइसकेको बताइन्छ ।

नेपाली राजनीतिमा हमेशा तुष्छ भिलेनको रुपमा प्रचण्डलाई लिइन्छ भने विष्णु सधैभरि ओलीको चाप्लुसी गर्न माहिर छन् ।

यही कारण ओलीको मन विष्णुले नै जित्दै आएका पनि छन् । फलस्वरुप बारम्वार विष्णुलाई नै ओलीले अर्थ मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी पनि दिदै आएका छन् ।

नेपाली जनताले दिएको अमूल्य मतको प्रायः यी ठूलाठालाले अपमान नै गर्दे आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, भदाै १२ । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा जयन्तीदेवी राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी छिन्। मतदानमा राईले १९९ मत प्राप्त गर्दा झाँक्रीले ११२ मत हासिल गरिन्। यसअघि नेकपा एमालेबाट विभाजित भएर बनेको यो नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो। पार्टीको केन्द्रीय समिति सदस्यहरूबीच पदाधिकारी चयनका लागि मंगलबार मतदान […]

काठमाडौँ,  ३० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकोबारे अवगत […]

काठमाडौँ ,५ साउन । सभामुख देवराज घिमिरेले विवादित उपसभामुख ईन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । सिंहदरबारमा शुक्रबार भएको कुराकानीमा सभामुखले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । यही विषयमा निचोड निकाल्न राज्यव्यवस्था समितिको बैठक बसिरहेको छ । उपसभामुख रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी हुन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको […]