१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा थापा निर्वाचित

Logo

निरज बस्नेत
विराटनगर, पुष १५
नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलको नेतामा उद्दव थापा निर्वाचित भएका छन् । थापाले १८ मत ल्याई विजयी भएका छन् ।

आज विराटनगरमा सम्पन्न कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा थापा निर्वाचित भएका हुन् । थापा प्रदेश १ कांग्रेसका सभापति समेत हुन् । विजेता थापा सिटौला पक्षका हुन् ।थापालाई भीम पराजुलीको समेत  समर्थन रहेको थियो । पराजुली पनि सिटौला तर्फका नै हुन् ।

निकटतम प्रतिद्धन्दी केदार कार्कीको ९ मत आयो भने तेस्रा हुन पुगेका अमृत अर्यालको २ मत आयो ।  यता अर्याल संस्थापन तर्फका हुन् । कार्की डाक्टर शेखर कोइराला टिमका रुपमा चिनिन्छन् । प्रदेश १ मा कांग्रेसका २९ जना सदस्य छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]