०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

बेनामे प्रदेशकाे मुख्यमन्त्रीमा कार्की नियुक्त

Logo

निरज बस्नेत
विराटनगर, पुष २२

अन्ततः नाम नपाएको(प्रदेश नं १ ) को मुख्यमन्त्रीमा झापाबाट प्रदेश सभामा निर्वाचित एमालेका हिक्मत कुमार कार्की नियुक्त भएका छन् । यसअघि स्थापनकालीन सरकारको रुपमा करिब ४ बर्ष एमाले नेतृत्वको सरकार रह््यो ।

जसमा कार्की तत्कालीन सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रहे । सो सरकारको मुख्यमन्त्रीमा एमालेकै नेता शेरधन राई रहेका थिए । प्रदेशकै प्रभावशाली नेताको रुपमा परिचित राई एवं कार्की दुवै ३ बर्ष ७ महिना करिब सरकारमा रहँदा पनि प्रदेशलाई नाम दिन सकेका थिएनन् । अन्य ६ वटा प्रदेशले नाम राखिसकेका छन् । प्रदेश १ सरकारको नेतृत्व पूरा रुपमा एमालेले करिब करिब ४ बर्ष गर्यो । स्थापनाकालीन पूरै ५ बर्षे नेतृत्व समेत कम्युनिष्ट सरकारकै पोल्टामा नै रह्यो । लाजमर्दो विषय त , हो की प्रदेश १ सरकार यो ५ बर्षमा अन्ततः बेनाम बन्यो ।
कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले आइतवार नियुक्त गरेका हुन् ।

यो बेनामको प्रदेशले आफ्नो पहिलो ५ बर्षे कार्यकालमा ३ जना मुख्यमन्त्री पाइसकेको थियो । यसपाली प्रदेशको दोस्रो कार्यकालमा झापा गौरादहका कार्की मुख्यमन्त्रीमा चयन भएका हुन् । यो सँगै कार्की यो १ नं. प्रदेशको रुपमा चौथो मुख्यमन्त्रीमा दर्ज हुनपुगेका छन् ।

कार्की अनेरास्ववियूको केन्द्रिय अध्यक्ष २०५५ सालमा भएका थिए । २०७१ सालमा सम्पन्न एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट कार्की केन्द्रिय कमिटीमा प्रवेश गर्न सफल भएँ ।

पार्टीको ग्राउण्ड लेवलबाट छलाङ मार्न सफल व्यक्तित्व कार्की २०७४ सालको निर्वाचनमा झापा प्रदेश सभा निर्वाचन क्षेत्र नं. ५(१) बाट प्रत्यक्ष निर्वाचित भए ।

संघमा फेरिएको सत्ता गठबन्धनसँगै २०७८ भाद्र १० गते एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटीमा पुनः निर्वाचित भए । अहिले एमालेको स्थायी कमिटीसदस्य तथा प्रदेश १ को सह–ईन्चार्ज भुमिकामा कार्की छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]