१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

विराट-गोल्डकपको संयोजकमा मेयर कोइराला

Logo
प्रकाशित सोमबार, पुष २५, २०७९

निरज बस्नेत
विराटनगर, पुष २५
विराट गोल्डकपको छैटौं संस्करणको संयोजक विराटनगरका मेयर नागेश कोइरालालाई बनाईएको छ । साेमबार विराटनगरको होटल एयरपोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रष्टले सो कुराको जानकारी गराएको हो ।

कार्यक्रममा ट्रष्टका अक्ष्यक्ष सन्तोष बानियाले गोल्डकप संयोजक तोकिएको पत्र कोइरालालाई हस्तान्तरण  गरेका थिए । संयोजक कोइरालाले सहोदर भाई सुभाषेशलाई उप–संयोजकको जिम्मेवारी दिएको समेत सम्मेलनमा जानकारी गराए ।

गोल्डकप आगामी चैत ६ गतेदेखि १४ गतेसम्म गर्ने तयारी रहेको उप–संयोजक कोइरालाले बताए । “विराट गोल्डकपको लागी एन्फासँग चैत ६ देखि १४ सम्मको समय मागेको छौ” कोइरालाले भने “एन्फाको ग्रिन सिङ्नलको प्रतिक्षामा छौ, सिङ्नल आउने वित्तिकै हामी गाेल्डकपको तयारीमा तिब्रताको साथ जुट्छौं ।”

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]