निरज बस्नेत
दुहवी सुनसरी, माघ ४
समाजसेवीको पर्याय बनेकी दुहवी सुनसरी निवासी भगवती चौंधरी मन्त्री बनेकी छिन् । चौंधरीलाई एमाले कोटाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी मिलेको छ ।
यो महत्वपूर्ण जिम्मेवारीलाई भगवतीले कुशलतापूर्वक तरिकाले निर्वाह गर्न पक्कै पनि सक्छिन् ।
फरवार्ड सहकारी संस्था मार्फत यिनले धेरैको उपकार गरेकी छिन् । समाजसेवाको क्षेत्रतर्फ यिनको अतुलनीय योगदान रहेको छ ।
कांग्रेसका विजय कुमार गच्छदारलाई सुनसरी–३ बाट अत्यधिक मतले हराएर भगवती प्रतिनिधि सभा सदस्य बनेकी हुन् ।