१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed

रवि लामिछानेको सांसद पद झ्वाम

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९

निरज बस्नेत
काठमाडौं, माघ १३
सम्मानित सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद झ्वाम पार्दिएको छ । यो सँगै रवि अव नेपाली राजनीतिमा निरीह सावित भएका छन् ।

रविकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको ६ महिनामै प्रतिनिधि सभामा २० सिट सुरक्षित गरेको थियो । लामिछानेको नागरिकतासम्वन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ ।

शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ,१० बैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले […]

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब नेपालमा राजा र राजसंस्था फर्किन असम्भव रहेको बताएका छन् । आइतबार स्वर्गीय सूर्यबहादुर थापाको स्मृति सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र र राजा फर्किन सम्भव नरहेको दाबी गरेका हुन् । सरकारमा को छ, को छैनभन्दा पनि संसारभर लागू भएको बहुदलीय व्यवस्था नेपालमा अझ […]

विराटनगर,२५ चैत । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा २० जनाले दर्ता प्रमाणपत्र बुझेका हुन् । [सूची ]