०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

Logo

निरज बस्नेत
विराटनगर, माघ १५
चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । समाजसेवा गर्ने हुटहुटी भित्रैदेखी पलाएका कारण आफू नाउपामा प्रवेश गरेको गौतम बताउँछिन् ।

गौतम भन्छिन्, नाउपाले बच्चादेखी लिएर जवान, वृद्द सवैलाई समेटेको कारण आफू प्रभावित भएको बताइन् । र, शिक्षा, स्वास्थ्यतर्फ राम्रै फोकस गरेको उनी बताउँछिन् ।

अनि रेशम चौधरी जस्तो राम्रो मान्छे, रेशमकै श्रीमती रन्जिता चौधरी यस पार्टीको अध्यक्ष भएकोले पनि आफुमा नाउपामा प्रवेश गरेर केही गर्नुपर्छ भनी उक्त पार्टीमा भित्रिएको एलिजाको दावी रह्यो ।

नाउपाले मधेसमा गरेको गतिविधि विगतदेखी अहिलेसम्म पोजेटिभ रहेको उनको टिप्पणी रह्यो । उद्देश्य पवित्र रहेको र अहिलेसम्म यस पार्टीले कुनै नराम्रो गरेको नसुनेको समेत एलिजा बताउँछिन् ।

नाउपामा लागेर समाजमै रहेर समाजसेवा गर्दे अगाडी बढ्ने एलिजा बताउँछिन् । एलिजा भन्छिन् आफुले पहिलादेखी नै समाजमै रहेर समाजसेवा नै गरेको समेत बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]