३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विराटनगरको “वेबसफ्ट आईटी नेपाल” मुलुककै टप टेनमा

Logo

काठमाडौं, भाद्र ६
विराटनगरको वेबसफ्ट आईटी नेपाल प्रा.ली. नेपालकै टप टेन वेबसाईट होस्टिङ कम्पनीको लिष्टमा पर्न सफल भएको छ । अमेरीकाको डब्लु.एच.टप नामक एक संस्थाले गरेको अनुसान्धानका अनुसार वेबसफ्ट आईटी नेपाल प्रा.ली. नेपालको उत्कृष्ट होस्टिङ कम्पनीेहरुको ९ औं नम्बरमा परेको हो । सेवाग्राहीलाई दिएको प्रतिफल र एलेग्जा -याङ्किङको आधारमा नेपालको टप टेन होस्टिङ कम्पनीको नाम सार्वजनिक गरिएको डब्लु.एच.टपले जनाएको छ ।
उक्त संस्थाका अनुसार ब्लर्ड लिंक, काठमाडौं पहिलो नंम्बर रहेको छ ।

यस्तो छ टप टेनको सूची :

वेबसफ्ट आईटी कम्पनीले हालसम्म वेबसाईट होस्टिङ, वेबपेज डिजाईनिङ, अनलाईन एसएमएस, एसएमएस भोटिङ, अनलाईन रेडियो ब्रोडकास्टिङको सेवा दिदै आएको छ । साथै सफ्टवेयर र मोबाईल एप्स्हरु समेत उक्त काम्पनीले निर्माण गर्ने गरेको छ ।

कम्पनी टप टेनमा पर्न सफल भएपछि वेबसफ्ट आईटीका संचालक भवेश मण्डलले आफ्नो दिनरातको महेनत सफल भएको प्रतिक्रिया दिएका छन् । उनले भने ‘ आफ्नो कम्पनी टप टेनमा परेको विषय पहिला हामीलाई थाहै भएन, पछि समाजिक संजाल तथा अनलाईनहरुमा ब्यापक समाचार आएपछि म आफै पनि चकित परे’
वेबसफ्ट आईटी नेपालको अफिसियल वेभसाईट (www.websoftitnepal.com) हाल एलेग्जाको नेपाल  -याङ्किङमा ९६० औं स्थानमा छ भने अन्तराष्ट्रिय -याङ्किङमा १० लाखभन्दा मुनि रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]