०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रास्वपा सरकारबाट बाहिरियो

Logo

निरज बस्नेत
काठमाडौं, माघ २२
राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नपाएपछि अन्ततः यो पार्टी सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन भने यथावत् राखेको छ ।

अव रास्वपाले सम्हालेको मन्त्रालय तत्कालको लागि प्रधानमन्त्री प्रचण्डले सम्हाल्नेछन् । नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको गृहमन्त्री चट पार्देको थियो ।

जसअनुसार रविको सांसद पद समेत गुमेको हो । चितवन २ बाट विजयी भएका रविको सांसद पद गुमेसँगै यहाँ अव उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाइसकेको छ ।

अव उपनिर्वाचनमा फेरी चुनाव जित्ने रविको ठोकुवा छ । र, चुनाव जितेर मात्र कुनैपनि पद लिने लामिछाने बताउँछन् । ६ महिनामै राम्रो उपलब्धि हासिल गरेको रास्वपा एकाएक पार्टी सभापति रविकै कारण फेरी एकाएक विवादित पनि हुन पुग्यो ।

रविले गिरेको आफ्नो छविलाई सुधार्नु बहुत कठिन हुनसक्छ । रविको दोहोरो राहदानी विवाद यतिवेला झन् शंकाको घेरामा छ । र, यो राहदानी विवादमा अदालतमा प्रवेश गरिसकेको छ ।

रास्वपाको भविष्य पार्टी सभापति रविकै वरिपरी भएकै कारण यो पार्टी को भविष्य के हुन्छ, यसै भनिहाल्न चाहीँ सकिन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]