३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

नेपालको लगातार तेस्रो जित दर्ता

Logo

निरज बस्नेत
कीर्तिपुर, काठमाडौं, फागुन ६
आइसिसी क्रिकेट लिग २ मा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । क्रिकेटमा नेपालले यसैगरी जित निकाल्ने हो भने नेपाली क्रिकेटको भविष्य सुनौलो छ भन्छन्, विराटनगरका समाजसेवी क्रिकेटप्रेमी पारस थापा ।

शनिवार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ३ विकेटले हराउन सफल भयो । जारी प्रतियोगितामा नेपालको यो लगातारको तेस्रो जित हो । नेपालले यसअघि नामिविया र स्कटल्याण्डलाई हराएको थियो ।

नामिवियाले पहिले ब्याटिङ गर्दे निर्धारित ५० ओभरमा २७४ रनको सम्मानजनक स्कोर बनाएको थियो । एकदिवसिय क्रिकेटमा यो स्कोरलाई डिफेन्डिङ स्कोर मानिन्छ । यता जवाफी ब्याटीङ गर्दे नेपालले ४७.३ ओभरमा ७ विकेटको नोक्सानीमा विजय प्राप्त गर्यो ।

नेपालको यो २७० रन भन्दा माथिको तेस्रो लगातारको जित समेत हो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ८१ रन बटुले । ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । कुशल भुर्तेलको नाममा ६२ रन भयो । कप्तान रोहित पौडेलले ३९ रन बनाउन भ्याए । कुशल भुर्तेल १ रनमा पवेलियन फर्के ।

नेपालको जितमा आशिफ र ज्ञानेन्द्रको दोस्रो विकेटका लागि १३९ रनको साझेदारी कोशेढुङा सावित भयो । यसअघि लिगको पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले १३३ रनको साझेदारी गरेका थिए । जारी लिगमा कुशलले लगातार २ अर्धशतक हानिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]