२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपालको लगातार तेस्रो जित दर्ता

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९

निरज बस्नेत
कीर्तिपुर, काठमाडौं, फागुन ६
आइसिसी क्रिकेट लिग २ मा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । क्रिकेटमा नेपालले यसैगरी जित निकाल्ने हो भने नेपाली क्रिकेटको भविष्य सुनौलो छ भन्छन्, विराटनगरका समाजसेवी क्रिकेटप्रेमी पारस थापा ।

शनिवार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ३ विकेटले हराउन सफल भयो । जारी प्रतियोगितामा नेपालको यो लगातारको तेस्रो जित हो । नेपालले यसअघि नामिविया र स्कटल्याण्डलाई हराएको थियो ।

नामिवियाले पहिले ब्याटिङ गर्दे निर्धारित ५० ओभरमा २७४ रनको सम्मानजनक स्कोर बनाएको थियो । एकदिवसिय क्रिकेटमा यो स्कोरलाई डिफेन्डिङ स्कोर मानिन्छ । यता जवाफी ब्याटीङ गर्दे नेपालले ४७.३ ओभरमा ७ विकेटको नोक्सानीमा विजय प्राप्त गर्यो ।

नेपालको यो २७० रन भन्दा माथिको तेस्रो लगातारको जित समेत हो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ८१ रन बटुले । ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । कुशल भुर्तेलको नाममा ६२ रन भयो । कप्तान रोहित पौडेलले ३९ रन बनाउन भ्याए । कुशल भुर्तेल १ रनमा पवेलियन फर्के ।

नेपालको जितमा आशिफ र ज्ञानेन्द्रको दोस्रो विकेटका लागि १३९ रनको साझेदारी कोशेढुङा सावित भयो । यसअघि लिगको पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले १३३ रनको साझेदारी गरेका थिए । जारी लिगमा कुशलले लगातार २ अर्धशतक हानिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]