१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राष्ट्रपतिमा शेरबहादुरको चर्चा

Logo

निरज बस्नेत
विराटनगर, फागुन ९
कांग्रेस सभापति शेरबहादुर देउवाको नाम राष्ट्रपतिमा अहिले एकाएक चर्चामा आएको छ । एमाले अध्यक्ष केपी ओलीको समेत यसमा सहमती भइसकेको बालकोट स्रोतले जनाएको छ ।

यता प्रधानमन्त्री प्रचण्डसमेत देउवालाई नै राष्ट्रपति बनाउने कुरामा सकारात्मक नै रहेको बुझिएको छ । राष्ट्रिय सहमतिको रटान गर्दे आएका प्रचण्डलाई कांग्रेसबाटै राष्ट्रपति भयो भने प्रधानमन्त्री ५ बर्ष पूरा हुनपाउने लोभ पनि छ ।

यता कांग्रेस सभापति देउवा पत्नी डा. आरजु राणाले केही समय अगाडी रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग गोप्य वार्ता गरेको कुरा बाहिरिएको छ ।

शेरबहादुर राष्ट्रपति बनेको खण्डमा आफू कांग्रेस सभापति बन्न पाउँछु भन्ने आश जागेको रामचन्द्र पौडेलमा देखिन्छ । यही कारण पौडेलले देउवालाई नै राष्ट्रपति बनाउनेतर्फ जोडवल गरिरहेको स्रोत दावी गर्छ ।

एमालेबाट राष्ट्रपति बन्न नदिने अडानमा प्रधानमन्त्री रहेकोले हुनसक्छ ओलीपनि बाध्यतामा परेर देउवालाई राष्ट्रपतिमा समर्थन गर्न अगिसरेका जस्तो पनि देखिन्छ ।

निर्णायक भूमिका मेजर ३ पार्टी कांंग्रेस, एमाले र माओवादी बीचको सहमती नै राष्ट्रपतिका लागि अन्तिम सहमती हुने निश्चित छ । अन्य पार्टीको हो मा हो मिलाउने र सही छाप गर्ने देखि बाहेक अरु केही देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]