२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

राष्ट्रपतिमा शेरबहादुरको चर्चा

Logo

निरज बस्नेत
विराटनगर, फागुन ९
कांग्रेस सभापति शेरबहादुर देउवाको नाम राष्ट्रपतिमा अहिले एकाएक चर्चामा आएको छ । एमाले अध्यक्ष केपी ओलीको समेत यसमा सहमती भइसकेको बालकोट स्रोतले जनाएको छ ।

यता प्रधानमन्त्री प्रचण्डसमेत देउवालाई नै राष्ट्रपति बनाउने कुरामा सकारात्मक नै रहेको बुझिएको छ । राष्ट्रिय सहमतिको रटान गर्दे आएका प्रचण्डलाई कांग्रेसबाटै राष्ट्रपति भयो भने प्रधानमन्त्री ५ बर्ष पूरा हुनपाउने लोभ पनि छ ।

यता कांग्रेस सभापति देउवा पत्नी डा. आरजु राणाले केही समय अगाडी रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग गोप्य वार्ता गरेको कुरा बाहिरिएको छ ।

शेरबहादुर राष्ट्रपति बनेको खण्डमा आफू कांग्रेस सभापति बन्न पाउँछु भन्ने आश जागेको रामचन्द्र पौडेलमा देखिन्छ । यही कारण पौडेलले देउवालाई नै राष्ट्रपति बनाउनेतर्फ जोडवल गरिरहेको स्रोत दावी गर्छ ।

एमालेबाट राष्ट्रपति बन्न नदिने अडानमा प्रधानमन्त्री रहेकोले हुनसक्छ ओलीपनि बाध्यतामा परेर देउवालाई राष्ट्रपतिमा समर्थन गर्न अगिसरेका जस्तो पनि देखिन्छ ।

निर्णायक भूमिका मेजर ३ पार्टी कांंग्रेस, एमाले र माओवादी बीचको सहमती नै राष्ट्रपतिका लागि अन्तिम सहमती हुने निश्चित छ । अन्य पार्टीको हो मा हो मिलाउने र सही छाप गर्ने देखि बाहेक अरु केही देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]