११ जेठ २०८१, शुक्रबार
24-05-2024 , Fri

राप्रपा मोरङको अध्यक्ष को हुने यो हूइँया चलायो कसले ?

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १९, २०७९

निरज बस्नेत
विराटनगर, फागुन १९
मोरङ जिल्लाभर जताततै एकप्रकारको हल्ला चल्यो, राप्रपा मोरङको अध्यक्ष अव को हुने ? यो हूइँया एकप्रकारले त चल्यो । तर, यो हल्लाखल्ला मै सिमीत हुने पो देखिदैछ ।

यस सम्वन्धमा राप्रपाका केन्द्रिय प्रवक्ता मोहन श्रेष्ठलाई जनचर्चाले सम्पर्क गरी प्रश्न सोध्दा अनभिज्ञता प्रकट गरे । उनले भने, यो अध्यक्ष को हुने भन्ने अधिवेशनले तय गर्दछ । फेरी एउटै जिल्लाको हकमा मात्र चर्चा त नहुनुपर्ने हो भन्दै अगाडी थप्छन्– जिल्ला अध्यक्षको कार्यकाल ५ बर्षको हुन्छ ।

मोरङको जिल्ला अध्यक्षको कार्यकाल अझै ३ बर्ष बाकी छ । यसरी हेर्दा त , आकाशको फल आँखातरी मर, पो हुने भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,११ जेठ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहित विभिन्न कार्यक्रम एव प्रदेश भेला सम्पन्न गरेको छ ।  दाैड प्रतियाेगितामा विराटनगरका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विराटनगरकै अनन्तराम चौधरी द्वितीय र इलामका सुरेश भट्टराई तृतीय भए । त्यस्तै महिलातर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला […]

काठमाडौँ,७ जेठ / प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ […]

विराटनगर,२८ बैशाख । बिहिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको  १६८ (५)   अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहिबारनै पद तथा गाेपनीयताको शपथ समेत लिईसकेका छन्। अदालतमा रिट […]