२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

रंगशाला सुनसान अनि सन्नाटा

Logo
प्रकाशित शनिबार, चैत्र ११, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र ११
रंगशाला सुनसान अनि सन्नाटा छ । हो, विराटनगरको रंगशालामा विराट गोल्डकप चलेको त छ , तर धेरै कमलाई मेदानमै गएर हेर्न मन छ । टिकट अचाक्ली महँगो हुनु नै यसको प्रमुख कारण हो ।

फेरी पछिल्लो समयमा आएर क्रिक्रेटप्रतिको बढ्दो नेपाली दर्शकको क्रेजले गर्दा समेत आज विराटनगरको विराट गोल्डकपमा विराटनगरवासीको उत्तिसारो रुचि देखिन्न । झन् विराटनगरभन्दा टाढाबाट आउनेको त सँख्या नगन्य छ ।

विराट गोल्डकपको आयोजक को हो ? संयोजक को हो ? प्रमुख प्रायोजक को हो ? अफिसियल मिडीया को हो ? अनि कहाँ कसरी हुदै छ ? यस्ता यस्ता महत्वपूर्ण सवालमा बेलैमा आवश्यक प्रचार–प्रसार स्थानीय मिडीयाबाट नदिनुलाई पनि विराट गोल्डकपको असफलता मान्न सकिन्छ । यसमा धेरै जनताको एकमत देखिन्छ । मनैदेखी रंगशालामा गएर विराट गोल्डकप हेर्न प्रायः लाई जाँगर छैन ।

विराट गोल्डकप चलिरहेको छ । यो कुरा कतिजनालाई थाहा छ ? सिधै भन्दा धेरै कमलाई मात्र थाहा छ । यो भनाई विराटनगर हाटखोलाका रुपेश चौधरीको हो । चौधरीलाई विराट गोल्डकप भएकोमा खुशी नै छ । तर, गुनासो पनि छ । उनी भन्छन् , विाटनगरको शान मानिनुपर्ने विराट गोल्डकपलाई आज विराटनगरको अपमानको रुपमा हेरिएको छ । कहीँकतै प्रचार–प्रसार छैन । जानकारी छैन । यस्तो पनि कहीँ हुन्छ । कहीँ नभएको जात्रा, हाम्रो विराटनगरमा भएको प्रति रुपेश निकै नै आक्रमक हुदै आयोजकप्रति रुष्ट हुन्छन् ।

यस्तै कटहरीका अमरेन राजवंशीलाई त विराट गोल्ड कप प्रति कुनै चासो नै छैन । उनी थप्छन् , रु ५०० टिकट यो त मनपर्दी भयो । अव खेल क्षेत्र पनि कमाउ धन्दा भएकामा उनी चिन्तित हुन्छन् ।

यता इटहरीकी निशा अधिकारीको पनि विराट गोल्डकपप्रति नकारात्मक धारणा देखियो । हाम्रो इटहरी गोल्डकपबाट नै विराट गोल्डकप आयोजकले फुटवल कस्तो हुन्छ, कसरी गरिन्छ, अव सिक्नुपर्ने धारणा उनको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]