२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

रंगशाला सुनसान अनि सन्नाटा

Logo

निरज बस्नेत
विराटनगर, चैत्र ११
रंगशाला सुनसान अनि सन्नाटा छ । हो, विराटनगरको रंगशालामा विराट गोल्डकप चलेको त छ , तर धेरै कमलाई मेदानमै गएर हेर्न मन छ । टिकट अचाक्ली महँगो हुनु नै यसको प्रमुख कारण हो ।

फेरी पछिल्लो समयमा आएर क्रिक्रेटप्रतिको बढ्दो नेपाली दर्शकको क्रेजले गर्दा समेत आज विराटनगरको विराट गोल्डकपमा विराटनगरवासीको उत्तिसारो रुचि देखिन्न । झन् विराटनगरभन्दा टाढाबाट आउनेको त सँख्या नगन्य छ ।

विराट गोल्डकपको आयोजक को हो ? संयोजक को हो ? प्रमुख प्रायोजक को हो ? अफिसियल मिडीया को हो ? अनि कहाँ कसरी हुदै छ ? यस्ता यस्ता महत्वपूर्ण सवालमा बेलैमा आवश्यक प्रचार–प्रसार स्थानीय मिडीयाबाट नदिनुलाई पनि विराट गोल्डकपको असफलता मान्न सकिन्छ । यसमा धेरै जनताको एकमत देखिन्छ । मनैदेखी रंगशालामा गएर विराट गोल्डकप हेर्न प्रायः लाई जाँगर छैन ।

विराट गोल्डकप चलिरहेको छ । यो कुरा कतिजनालाई थाहा छ ? सिधै भन्दा धेरै कमलाई मात्र थाहा छ । यो भनाई विराटनगर हाटखोलाका रुपेश चौधरीको हो । चौधरीलाई विराट गोल्डकप भएकोमा खुशी नै छ । तर, गुनासो पनि छ । उनी भन्छन् , विाटनगरको शान मानिनुपर्ने विराट गोल्डकपलाई आज विराटनगरको अपमानको रुपमा हेरिएको छ । कहीँकतै प्रचार–प्रसार छैन । जानकारी छैन । यस्तो पनि कहीँ हुन्छ । कहीँ नभएको जात्रा, हाम्रो विराटनगरमा भएको प्रति रुपेश निकै नै आक्रमक हुदै आयोजकप्रति रुष्ट हुन्छन् ।

यस्तै कटहरीका अमरेन राजवंशीलाई त विराट गोल्ड कप प्रति कुनै चासो नै छैन । उनी थप्छन् , रु ५०० टिकट यो त मनपर्दी भयो । अव खेल क्षेत्र पनि कमाउ धन्दा भएकामा उनी चिन्तित हुन्छन् ।

यता इटहरीकी निशा अधिकारीको पनि विराट गोल्डकपप्रति नकारात्मक धारणा देखियो । हाम्रो इटहरी गोल्डकपबाट नै विराट गोल्डकप आयोजकले फुटवल कस्तो हुन्छ, कसरी गरिन्छ, अव सिक्नुपर्ने धारणा उनको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]