०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

६१ वर्षपछि विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

Logo

विराटनगर, चैत १६

६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।

सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुनुप¥यो ।

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख  १५ हजारमा चित्त बुझायो ।

जितको लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर,  मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।

खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवती अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई  अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । ७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा  मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । बिमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रुपको पुरस्कार पनि  विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधरी भर दुई गोल गरेका थिए । बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए ।  बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा एवार्ड पाउनेहरूले जनही २५÷२५ हजार रुपैयाँ पाए ।

फाइनल खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर फाले । पहिलो हापमा केरला एक गोलले पछि परेपछि दबावमा परेको थियो । पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले बराबरीमा ल्याउने अवसर खेर गयो ।

४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्र्टमाथिबाट बल बारियो ।
४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबोट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा गोल गर्ने अवसर खेर गयो । खेलको ७४ औं मिनेटमा विराटनगरले पनाल्टी पाएको थियो । केरलाको टिमको डिबक्स भित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । पेनाल्टी सुटआउटमा स्टेफेनल गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार विराटनगरका  गोलकिपर प्रदिप भण्डारीले  बिफल पारिदिए ।
प्रतियोगितामा बिजेता हुने टिमलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाललगायतले पुरस्कार बितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]