२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

‘जय नेपाल’ शेरबहादुर

Logo

निरज बस्नेत
विराटनगर, चैत्र १७

नेपाली राजनीतिका धुरन्धर खेलाडी कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । ५ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न सफल देउवालाई राजनीतिका खुराफाती खेलाडी मानिन्छ ।

राजनीतिमा असंभव त केही हुन्न । यही ट्रेन्डमा त देउवालाई खप्पिस भन्नमिल्छ । वास्तवमा भन्दा त देउवालाई शक्तिशाली मानिन्छ । देउवाको हातमा सवथोक आफै आउँछ । तर, यसमा देउवाको भित्री सेटिङ त देउवादेखी बाहेक कसैलाई चुइकक थाहा हुदैन ।

देउवा नेपाली राजनीतिका चतुर खेलाडी हुन् । नेपाली राजनीति देउवाकै इशारामा चल्दैछ भन्न मिल्छ । देउवाले रोजेकै मान्छे रामचन्द्र पौडेल राष्ट्रपति बने । अव आज मन्त्रिपरिषद् विस्तार भयो । यसमा समावेश कांग्रेस कोटाबाट हुने मन्त्रीमा शक्तिशाली मालदार मन्त्रालय देउवाकै चाकडीवाजहरुले पाएका छन् ।

अर्थमा डा. प्रकाशरण महत भएँ् । जीवनभर महतले देउवाकै चाकडी गरे । फलस्वरुप अर्थमन्त्री पड्काए । त्यस्तैगरी रमेश रिजालले पनि देउवाकै भक्त हुन् । रिजालले पनि परराष्ट्र मन्त्रालय सम्हाल्दैछन् ।

यता पुर्ण बहादुर खड्का उपप्रधानमन्त्रीको हैसियतमा रक्षा मन्त्री सम्हाल्दैछन् । समग्रतामा भन्दा देउवाकै वरिपरि नेपालको राजनीति फनफनी घुमिरहेको छ । अन्य त सारथि जस्तै छन् ।

यसमा देउवाको लामो अनुभवले पनि काम गरेको हुनसक्छ । राजनीतिमा जेलनेल भोगेका देउवाले राजनीतिको शुरुवात विद्यार्थी राजनीतिबाटै गरेका हुन् ।

यसकारण पनि देउवा खारिए राजनीतिमा, नेविसंघका सभापति हुदै आजको यो बलियो मुकाम बनाएँ । होला यसमा देउवालाइै धेरैले साथ सहयोग दिल खोलेर गरे ।

तरपनि देउवाको राजनीतिप्रतिको बेग्लै मोहले गर्दा जस्तोसुकै बाधा–व्यवधानलाई समेत झेलेर देउवाले राजनीतिलाई सर्वोपरी ठाने । परिणाम आज देउवा पावरफुल लिडरमा गनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]