२९ आश्विन २०८२, बुधबार
15-10-2025 , Wed
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

‘जय नेपाल’ शेरबहादुर

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र १७

नेपाली राजनीतिका धुरन्धर खेलाडी कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । ५ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न सफल देउवालाई राजनीतिका खुराफाती खेलाडी मानिन्छ ।

राजनीतिमा असंभव त केही हुन्न । यही ट्रेन्डमा त देउवालाई खप्पिस भन्नमिल्छ । वास्तवमा भन्दा त देउवालाई शक्तिशाली मानिन्छ । देउवाको हातमा सवथोक आफै आउँछ । तर, यसमा देउवाको भित्री सेटिङ त देउवादेखी बाहेक कसैलाई चुइकक थाहा हुदैन ।

देउवा नेपाली राजनीतिका चतुर खेलाडी हुन् । नेपाली राजनीति देउवाकै इशारामा चल्दैछ भन्न मिल्छ । देउवाले रोजेकै मान्छे रामचन्द्र पौडेल राष्ट्रपति बने । अव आज मन्त्रिपरिषद् विस्तार भयो । यसमा समावेश कांग्रेस कोटाबाट हुने मन्त्रीमा शक्तिशाली मालदार मन्त्रालय देउवाकै चाकडीवाजहरुले पाएका छन् ।

अर्थमा डा. प्रकाशरण महत भएँ् । जीवनभर महतले देउवाकै चाकडी गरे । फलस्वरुप अर्थमन्त्री पड्काए । त्यस्तैगरी रमेश रिजालले पनि देउवाकै भक्त हुन् । रिजालले पनि परराष्ट्र मन्त्रालय सम्हाल्दैछन् ।

यता पुर्ण बहादुर खड्का उपप्रधानमन्त्रीको हैसियतमा रक्षा मन्त्री सम्हाल्दैछन् । समग्रतामा भन्दा देउवाकै वरिपरि नेपालको राजनीति फनफनी घुमिरहेको छ । अन्य त सारथि जस्तै छन् ।

यसमा देउवाको लामो अनुभवले पनि काम गरेको हुनसक्छ । राजनीतिमा जेलनेल भोगेका देउवाले राजनीतिको शुरुवात विद्यार्थी राजनीतिबाटै गरेका हुन् ।

यसकारण पनि देउवा खारिए राजनीतिमा, नेविसंघका सभापति हुदै आजको यो बलियो मुकाम बनाएँ । होला यसमा देउवालाइै धेरैले साथ सहयोग दिल खोलेर गरे ।

तरपनि देउवाको राजनीतिप्रतिको बेग्लै मोहले गर्दा जस्तोसुकै बाधा–व्यवधानलाई समेत झेलेर देउवाले राजनीतिलाई सर्वोपरी ठाने । परिणाम आज देउवा पावरफुल लिडरमा गनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]