०७ फाल्गुण २०८१, बुधबार
19-02-2025 , Wed
Gold Silver Price (6 Fagun 2081, TUE)
Fine Gold 1 Tola NRs. 169900
Silver 1 Tola Nrs. 1985

जि.पि.के. हक्कीकाे सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

Logo
प्रकाशित शनिबार, चैत्र २५, २०७९

विराटनगर, चैत २५
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् ।
शनिबार लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन् ।

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर , शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।

त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए ।
शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असिम बाहेकले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,६ फाल्गुन ।  कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्न लागिएको नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा दुई वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो […]

विराटनगर,४ फाल्गुन । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मारक्षा र […]

विराटनगर,२३ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ । मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल […]