२० आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

बिरामी ठग्ने निलगौरी फार्मेसी कानुनी फन्दामा

अस्पताल खर्च ६ लाख, औषधी खर्च ७ लाख
Logo
प्रकाशित शनिबार, भाद्र ०७, २०७६

विराटनगर, भाद्र ७

औषधीको अत्याधिक मुल्य लिई विरामी ठगी गर्ने विराटनगरको निलगौरी फार्मेसीलाई कानुनी कारवाही हुने भएको छ । उक्त फार्मेसीले एक विरामीसँग औषधीको ७ लाख भएको भन्दै ठगी गरेको समाचार बाहिर आएपछि निलगौरीको कालोकर्तुतको पर्दाफास भएको थियो ।
उक्त विषयलाई लिएर औषधी व्यवस्था विभाग, विराटनगरले निलगौरी फार्मेसीलाई कारवाही गर्ने भएको छ । विभागले दुई दिन भित्र विरामीलाई जारी गरिएको ७ लाखको बिल र सम्पूर्ण कागजपत्र लिई कार्यलयमा उपस्थित हुन फार्मेसीलाई निर्देशन दिएको छ ।
भारतको अररिया जिल्लाका बथनाहा निवासी मो. सिराज अंसारीसगँ भदौ २ गते निलगौरी फार्मेसीले औषधी खर्च बापत ७ लाख रुपैयाँ मागेको थियो । उत्ता उपाचार गरिदिने न्यूरो अस्पतालको खर्च भने ६ लाख रुपैयाँ मात्र भएको थियो । अस्पताल भन्दा औषधी खर्च बढी आएपछि आफु ठगीमा परेको भन्दै विरामीका आफन्तजनले प्रहरी, नगारिक समाज तथा पत्रकारहरुलाई सहयोग गरिदिन आग्रह गरेका थिए । हाल विरामी पक्ष डिस्चार्ज भई भारत फर्किसकेका छन् ।
पिडितपक्ष भारतिय मुलका भएकाले अनुसन्धान गर्न कठिनाई भएको विभागको भनाई छ । तथ्य सत्य पत्ता लागउन सर्वप्रमथ पिडित पक्षको खाजी गरिने विभागका सुचना अधिकारी जितेन्द्र खड्काले जनाकारी गराए ।

यो पनि पढ्नुहोस् : अस्पताल खर्च ६ लाख, औषधी खर्च ७ लाख

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]