१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बिरामी ठग्ने निलगौरी फार्मेसी कानुनी फन्दामा

अस्पताल खर्च ६ लाख, औषधी खर्च ७ लाख
Logo

विराटनगर, भाद्र ७

औषधीको अत्याधिक मुल्य लिई विरामी ठगी गर्ने विराटनगरको निलगौरी फार्मेसीलाई कानुनी कारवाही हुने भएको छ । उक्त फार्मेसीले एक विरामीसँग औषधीको ७ लाख भएको भन्दै ठगी गरेको समाचार बाहिर आएपछि निलगौरीको कालोकर्तुतको पर्दाफास भएको थियो ।
उक्त विषयलाई लिएर औषधी व्यवस्था विभाग, विराटनगरले निलगौरी फार्मेसीलाई कारवाही गर्ने भएको छ । विभागले दुई दिन भित्र विरामीलाई जारी गरिएको ७ लाखको बिल र सम्पूर्ण कागजपत्र लिई कार्यलयमा उपस्थित हुन फार्मेसीलाई निर्देशन दिएको छ ।
भारतको अररिया जिल्लाका बथनाहा निवासी मो. सिराज अंसारीसगँ भदौ २ गते निलगौरी फार्मेसीले औषधी खर्च बापत ७ लाख रुपैयाँ मागेको थियो । उत्ता उपाचार गरिदिने न्यूरो अस्पतालको खर्च भने ६ लाख रुपैयाँ मात्र भएको थियो । अस्पताल भन्दा औषधी खर्च बढी आएपछि आफु ठगीमा परेको भन्दै विरामीका आफन्तजनले प्रहरी, नगारिक समाज तथा पत्रकारहरुलाई सहयोग गरिदिन आग्रह गरेका थिए । हाल विरामी पक्ष डिस्चार्ज भई भारत फर्किसकेका छन् ।
पिडितपक्ष भारतिय मुलका भएकाले अनुसन्धान गर्न कठिनाई भएको विभागको भनाई छ । तथ्य सत्य पत्ता लागउन सर्वप्रमथ पिडित पक्षको खाजी गरिने विभागका सुचना अधिकारी जितेन्द्र खड्काले जनाकारी गराए ।

यो पनि पढ्नुहोस् : अस्पताल खर्च ६ लाख, औषधी खर्च ७ लाख

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]